Comments Add Comment

पर्यटनमन्त्री सिड्नीमा, अष्ट्रेलियन बिपक्षी नेतासँग भेटवार्ता गर्ने

भातृ संगठनका दुवै समूहको कार्यक्रममा जान मानेनन्

jiwanbahadur-shahiसिड्नी । मेलवर्नमा सम्पन्न नेपाल फेस्टिवलमा सहभागी हुन अष्ट्रेलिया आएका नेपालका पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही सोमबार साँझ सिड्नी आइपुगेका छन् ।
शनिवार फेस्टिवलमा सहभागी भएका मन्त्री शाही बि्रसवेन हुँदै सिड्नी आइपुगेका हुन् । उनलाई सिड्नीको किङसफोर्ड बिमानस्थलमा गैरआवासीय नेपाली संघका अगुवा तथा नेपाली जनसम्र्पक समितिसम्बद्ध कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

सिड्नीमा उनी दुई रात बस्नेछन् । मंगलबार बिहान उनले अष्ट्रेलियाको बिपक्षी दलका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको गैरआवासीय नेपाली संघ ओसनिया संयोजक महेन्द्र लम्सालले जानकारी दिए ।

बिबादमा तानिन् खोजेनन् मन्त्री

यसैवीच नेपाली कांग्रेसको भातृसँगठनका दुई बेग्लाबेग्लै समूहले सिड्नीमा आयोजना गर्न लागेका कार्यक्रममा मन्त्री शाहीले सहभागिता जनाउन अस्वीकार गरेका छन् ।
सिड्नीमा नेपाली जनसम्र्पक समितिका कम्तीमा तीनवटा समूह छन् । नेपालका कांग्रेस नेताहरु सिड्नी आउँदा उनीहरुको बिबाद सतहमा देखिने गरेको छ ।

यसपटक पनि मन्त्री शाहीलाई दुईवटा समूहले बेग्लाबेग्लै कार्यक्रममा सहभागी बनाउन खोजेका थिए । तर, मन्त्री शाहीले ती दुवै कार्यक्रममा सहभागी हुन मानेनन् ।
अनलाइनखबरसँग कुरा गर्दै मन्त्री शाहीले भने- ‘म गैरआवासीय नेपाली संको निमन्त्रणमा नेपालको पर्यटन प्रर्बद्धन गर्ने कार्यक्रममा सहभागी हुन आएको हुँ, त्यसैले एनआरएनबाहेकका संस्थाले आयोजना गर्ने कार्यक्रममा यसपटक सहभागी हुन्न ।’

मन्त्रीले अस्वीकार गरेपछि दुवैथरी कार्यक्रम रद्द भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment