Comments Add Comment

चार कुरा जसले मेलवर्नको नेपाल फेस्टिवल स्मरणीय बनायो

मेलवर्न । नेपाल महोत्सब – मेलबर्नको २०१६ सँस्करण एउटा राम्रो प्रभाव छाडेर सकिएको छ। महोत्सब नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही र भिक्टोरियाका बहुसांस्कृतिक मामिला मन्त्री रोबिन स्कटले एकसाथ उद्घाटन गरेका थिए।

नेपाल र अस्ट्रेलियन सरकारका उच्चप्रतिनिधि सहभागि भएको यो नै मेल्बर्नको पहिलो नेपाल महोत्सब थियो । दर्शक सहभागिताका हिसावले पनि पनि यो महोत्सव ऐतिहासिक बन्यो । साँस्कृतिक प्रस्तुतिका हिसाबले पनि महोत्सवमा बिबिधता थियो।

महोत्सबमा नेपाली सँस्कृति झल्काउने लोकनाच, भजन, स्थानिय प्रतिभाहरुको प्रस्तुती, राष्ट्रिय लोकदोहोरी कलाकार खुमन अधिकारी र रमिला न्यौपानेको दोहोरी र कन्दराको सान्दार प्रस्तुतीसँगै नेपालको ईतिहासको बिभिन्न कालखण्ड समेट्ने एउटा बिशेष प्रस्तुतिले सबैको हृदय छोयो।

मेलबर्नको मुटु फेडरेशन स्क्वायरमा भएको सो महोत्सब ठूलो संख्यामा अस्ट्रेलियनहरु पनि सहभागि हुनु अर्को सफलता हो । समग्रमा मेलवर्नको नेपाल फेस्टिवल चारवटा कुराले बिशेष रह्यो ।

१. साँस्कृतिक परेड

nepal-festival-melbourne-3

नेपाल फेस्टिबल-मेल्बर्नको २०१४ संस्करणबाट सुरु गरिएको कल्चरल परेड, यो बर्ष पनि सबैको ध्यान खिच्न सफल भयो।

महोत्सव शुरु हुनुभन्दा अघि स्थानिय स्टेट लाइब्रेरीबाट निकालिएको झाँकीलाई अष्ट्रेलियन र अन्य समुदायका अबलोकनकर्ताहरुले पनि चासोपूर्वक हेरेका थिए। झाँकीको सुरुमा नेपाली र अष्ट्रेलियन झन्डा, नेपाल फेस्टिबल मेल्बर्नको ब्यानर, कुमारी, पञ्चेबाजासहित गाैतम बुद्धको प्रतिमा बोकेको समूह, भजन लगायत बिभिन्न संस्था र जातजातिका पोशाक सहितको झाँकी जब महोत्सवस्थल आइपुग्यो, फेडरेशन स्क्वायर एक पटक नेपालमय बनेको थियो।

कल्चरल परेडका सङ्योजक एबम नेपाली एसोसियसन अफ भिक्टोरियाका उपाध्यक्ष तारा गैरेका अनुसार साँस्कृतिक परेड भिक्टोरियाका बिभिन्न सामुदायिक संघसंस्था, पर्यटनमन्त्री जीवनबहादुर शाही, एनआरएनका अध्यक्ष शेष घले, अष्ट्रेलियाका लागि कार्यबाहक राजदूत राजेन्द्र पाण्डे, भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनलगायत एनआरएन अस्ट्रेलियाका अध्यक्ष र बिभिन्न राज्यका संयोजकहरु पनि सहभागि थिए ।

२. नेपाल हाउस

nepal-house-1finalयो फेस्टिबलमा नेपाल हाउस जुन स्तरमा बनाइयो, त्यसले पनि फेस्टिबललार्इ थप गुणात्मक बनाउन सफल भयो । धेरै बिदेशीले नेपाल हाउस अवलोकन गरेर नेपाल भ्रमणमा जाने इच्छा देखाए । नेपाल हाउसमा गौतम वुद्ध र स्वर्ण जडित मच्छिन्द्रनाथको मूर्ति, काल भैरबको मूर्ति र पितलका मुकुण्डोहरु पनि राखिएको थियो ।

‘हाम्रो घरभित्र आउने र झ्यालबाट चिहाउने सबैका लागि नेपाल हाउस स्मरणीय भयो । दर्शक खुसी हुँदा हामी थकित हुने गरी खटेको खटाई बिर्सियौं,’ स्वयमसेवक गौतम लामिछानेले भने, ‘हामी सबै मिलेर घर-घरबाट एउटा-एउटा चिज ल्यायौं र साझा घर बनायौं- नेपाल हाउस ।’

यसैगरी नेपाललाई चिनाउने चित्रकला, मूर्ती र पुरातन मुकुन्डोहरुसहितको स्टल “चित्रकार ग्यलरी” पनि आकर्षणको केन्द्र थियो। नेपाल फेस्टिवल मेल्बर्नमा यो नै पहिलो चित्रकला प्रदर्शनी थियो जसलाई मेल्बर्नका कलाकार अरुण चित्रकारले संयोजन गरेका थिए।

३. आँखा रसाउने प्रस्तुती- इतिहास सम्झाउने प्रयास

nepalfest-melbourne2017-6महोत्सबमा एकपछि अर्को जोड्दार साँस्कृतिक प्रस्तुती जारी थियो तर, त्यसमा एउटा यस्तो प्रस्तुती थियो जसले नेपाली ईतिहासको महत्वपूर्ण काल्खण्डहरु गाैतम बुद्धको जन्म, पृथ्वीनारायण शाहको नेपाल एकिकरण, नालापानी युद्ध सँगै २०१५ को महाभूकम्पलाई समेटेर देखाइएको एउटा परिदृष्यले सबैलाई स्तब्ध बनायो।

यो प्रस्तुतिले भाबुक त त्यतिबेला बनायो जतिबेला २०१५ को भूकम्प र त्यसले ल्याएको बिनाश र हामी फेरी उठ्नेछौ भन्ने भावसहित कलाकारहरुले स्टेजमै धरहरा बनाए। “जहा छन बुद्धका आँखा ” बोलको गीतलाई आधार मानेर, रिना प्रधानले कोरियोग्राफी गरेको यो नृत्यमा करिव १५ जना स्थानिय कलाकारहरुले प्रस्तुती दिएका थिए।

यो परिदृष्यमा युग सुहाउदो भेषभुषा र आभुषण, ध्वनी सङ्योजन र कलाकारहरुको जीवन्त प्रस्तुती त थियो नै, त्यो भन्दा पनि कन्सेप्ट र रिसर्चमा धेरै मिहिनेत गर्नुपरेको कोरियोग्राफर प्रधानको भनाइ छ। गीतको बिच बिचमा गरिएको न्यारेसनले अष्ट्रेलियनहरुलाई पनि नेपालको इतिहाश बुझाउन सफल भएको थियो।

४. कन्दराको सानदार प्रस्तुती

nepalfest-melbourne2017-5नेपाली लोक पप शैलीका गीतहरु गाएर नेपाली संगीतमा लोकप्रिय बनेको कन्दरा ब्यान्डको प्रस्तुतिले महोत्सबमा धेरैको मन कब्जा गर्यो। करिब साढे आठ बजे स्टेज चढेको कन्दराका एकपछि अर्को गीतमा दर्शकहरुले “वान्स मोर” को हुटिङ लगाइरहेका थिए। जब कन्दराका बिबेक श्रेष्ठले स्वर्गीय गोपाल योन्जनको “धेरै छ गर्नु स्वदेशको सेवा नेपाली हुनलाई” बोलको गीत गाए, दर्शकहरु चिच्याइ चिच्याइ “वान्स मोर” भनिरहेका थिए।

किशोर-किशोरी मात्र हैन, रातको १० बजेसम्म काखमा बच्चा च्यापेर कन्दराको प्रस्तुती हेर्ने दर्शकहरुको कमी थिएन। “हङ्कङ पोखरा” बोलको गीतसँगै आफ्नो प्रस्तुती अन्त्य गरेको कन्दराको यही गीतको एउटा अन्तरा- बिदेशिनु लेखियो कर्मैमा” धेरैको ओठमा झुण्डिरहेको थियो। यसभन्दा अघि लोकदोहोरी गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको दोहोरीमा पनि दर्शकहरु कम्मर मर्काइमर्काइ नाछेका थिए।

महोत्सबको कल्चरल कोअर्डिनेटर सिर्जना रायमाझी, स्पोन्सर र स्टल सङ्योजक सुरेन्द्र सेढाई थिए भने यति फुटवल क्लबले कार्यक्रमको ब्यवस्थापन गरेको थियो। महोत्सब आयोजक एनआरएनए -भिक्टोरियाका सङ्योजक केशब कंडेलले एकाध कुरालाई छाड्ने हो भने महोत्सब भब्य र सफल भएको बताउँछन।

भिक्टोरियामा नेपाल र नेपाली संस्कृति चिनाउनका लागि महोत्सबले योगदान गरेको धेरैको ठहर छ भने स्टलहरुको एकिकृत ब्यब्स्थापना नहुनु, महोत्सबस्थलमा साज्सजावटको कमी हुनु, सांस्कृतिक कार्यक्रममा समय ब्यब्स्थापनमा समस्या देखिनु जस्ता केही कमजोरीले अर्को पटकका लागि पाठ पनि सिकाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment