Comments Add Comment

सुडानमा अपहरणमा परेका दुई नेपाली छुटे

५ पुस, काठमाडौं । द्वन्द्वग्रस्त सुडानमा अपहरणमा परेका दुई नेपाली झण्डै एक महिनापछि सकुशल रिहा भएका छन् ।

unhcr-at-sudan
फाइल तस्वीर

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्वन्धी नियोगका कार्यरत दुई नेपाली सरुन प्रधान र रमेश कार्की सहित तीन जना अपहरणमा परेका थिए ।

प्रधान र कार्कीसँगै मुसा ओमार मुसा मोहम्मदलाई अज्ञात समूले नोभेम्बर २७ मा जनियनाबाट अपहरण गरेको थियो ।

अपहरणमा परेका तीनै जना रिहा भएका छन् ।

राष्ट्रसंघको शरणार्थीसम्वन्धी नियोगले सुडान सरकार र रिहाईका लागि भूमिका खेल्ने सबैलाई धन्यवाद दिएको छ ।

साथै आफूहरुले रिहा भएकाहरुको स्वास्थ उपचार र हेरचाहलाई प्राथमिकता दिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment