Comments Add Comment

नेप्से १५ सयको मनोवैज्ञानिक तहमुनि, अन्तिम दिन एभरेष्टको २९ करोडको कारोबार

nepse-05५ पुस, काठमाडौं । नेप्से परिसूचक फेरी १५ सयको मनोवैज्ञानिक तहमुनि आइपुगेको छ । गत मंसिर १२ गते १४६९ विन्दुमा टेवा पाएर एकैचोटी १५ सय माथी पुगेको नेप्से त्यसयता मंगलवार पुनः १५ मुनी आइपुगेको हो । मंगलवार नेप्से परिसूचक १८ अंकले घटेर १४९५ बिन्दुमा आएको छ ।

एभरेष्ट बैंकले घोषणा गरेको लाभांश प्राप्त गर्ने अन्तिम दिन बजारमा बैंकको मात्रै २९ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आधा अर्बमा कारोबार झरिरहेको समयमा एभरेष्ट बैंकको लाभांश प्राप्त गर्ने अवधि सकिएकोले बजारको कारोबारमा बुधवारबाट कस्तो असर पर्ने हो भन्ने चिन्ता समेत सर्वसाधारणमा परेको देखिन्छ ।

nepse-05-3यस दिन भने ६८ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ । अहिले पनि नेप्सेलाई १४६९ मा बलियो टेवा भने प्राप्त हुन सक्छ ।

तर बजारमा अन्य आधारभुत पक्षहरु सकारात्मक नभइरहेकोले यो टेवा कत्तिको दरिलो हुन्छ भन्न सकिने अवस्था छैन् ।

हाल बैंकहरुले कर्जा लगानीमा बिस्तार गर्न नसकिरहेकोले सेयर धितोमा कर्जा बन्द जस्तै भएको छ ।

बैंकहरुले निक्षेपमा उच्च व्याजदर दिन थालेकाले पनि सुरक्षित लगानी गर्न रुचाउनेहरु त्यहा आकषिर्त भइरहेका छन् ।

त्यस्तै, बजारमा लगातार सेयर सूचीकरण बढिरहेकोले आपुर्तीमा वृद्धि भएको र धेरैजसो संस्थाको लाभांश प्राप्त गर्ने अवधि सकिएकोले यसको प्रभाव पनि बजारमा देखिएको हो ।

nepse-05-2‘अहिले हकप्रद र एफपीओको लागि पनि लगानीकर्ताले रकम जोहो गर्न परिरहेको छ, त्यसैले १२ अर्ब रकम संकलन गरेको अरुण काबेलीबाट हुने रकम फिर्ताको पनि ठुलो प्रभाव भने नदेखिन सक्छ,’ ब्रोकर अन्जनराज पौड्यालले भने ।

उनले अहिले संस्थागत तथा अन्य लगानीकर्ता पनि पर्ख र हेरकेा अवस्थामा नै रहेको बताए ।

यसदिन ‘अन्य’ बाहेक सबै समूहको परिसूचक भने ओरालो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment