Comments Add Comment

सुशीला कार्कीको बेञ्चमा परेनन् लोकमानका ७ मुद्दा

lokman-sing-karki

७ पुस, काठमाडौं । लोकमानसिंह कार्की विरुद्ध परेका विभिन्न ७ वटा मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा बिहीबारदेखि सुरु भएको छ । लोकमानका मुद्दाको सुनुवाई प्रधानन्यायाधीश सुशीला कार्कीको बेञ्चमा नभई ६ नम्बर इजलासका न्यायाधीशहरुको बेञ्चमा परेको छ ।

लोकमानको अख्तियारमा नियुक्ति, अदालतको अवहेलना लगायतका सबै मुद्दाहरुमाथि एकमुष्ट सुनुवाइ हुने भएको छ । यी मुद्दाहरु न्यायाधीशत्रय ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको बेञ्चमा परेका छन् ।

मुद्दामा बहसका लागि चार दर्जन वकिलहरुले नाम टिपाएका छन् । यसअघि लोकमानको पक्षमा बहस गर्ने वकिल वालकृष्ण न्यौपानेले बिरामी भएको भन्दै निवेदन दिएपछि पछि सारिएको थियो ।

विहीबारको पेशीमा अधिवक्ता ओमप्रकाशले लोकमानको नियुक्ति विरुद्ध राट्रपति कार्यालयलाई समेत विपक्षी बनाएर दिएका रिटमाथि पनि छलफल हुँदैछ ।

साथै म्याद तामेली नबुझाउने शम्भुबहादुर खत्री र अदालतको निर्णय कार्यान्वयनमा अवरोध गरेको आरोप लागेका पूर्वकानून सचिव प्रमोदकुमार कार्कीविरुद्धसमेत अदालतमा सुनुवाइ हुँदैछ ।

lokman-case

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment