Comments Add Comment

‘नखाएको बिष’ लाग्ने भएपछि दुबई अवार्डमा गएनन् बोर्ड अध्यक्ष ?

rajkumar rai
आज दुबइमा आयोजना हुन लागेको ‘नवौ नेफ्टा अवार्ड’ विभिन्न कारणले चर्चामा छ । हुनत, नेपालमा आयोजना भएका कुनै पनि अवार्ड विवादबाट मुक्त हुन सकेका छैनन् । यो बर्ष आयोजना भैसकेका सबैजसो अवार्ड विवादमा नै रहे । यो बर्ष पनि नेफ्टा विवादबाट टाढा रहन सकेन ।

नोमिनेशन सार्वजनिक भएसँगै बिबादमा रहेको  नेफ्टा अवार्ड अहिले चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई सहभागी नभएपछि झनै आलोचनाको घेरामा परेको छ ।

बोर्ड अध्यक्ष राई जाने पक्का भएपनि अन्तिममा उनी सहभागी हुन हिच्किचाएका थिए । आखिर किन त ? चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा बोर्ड अध्यक्ष राई निकट मानिन्छन् । राइकै पहलमा पुष्कर वुधबार मात्र नेपाली कांग्रेस पार्टीमा प्रवेश पनि गरेका थिए ।

नेपालबाट लैजाने कलाकारको टोलीमा पुष्करले मनोमानी गरे । तर, बजारमा कलाकारदेखि पत्रकारको सूची सबै राजकुमारले नै तयार पारेका हुन् भन्ने हल्ला चलाइयो ।

जसकाकारण, राजकुमारले ‘नखाएको बिष’ लाग्ने देखे र अवार्डमा सहभागी भएनन् । अन्तिम समयमा आएर बोर्ड अध्यक्षको अवार्ड यात्रा रद्द हुनु आफैमा नेफ्टाका लागि झट्का हो । यस्तै, अवार्ड समारोहमा प्राविधिक संघका उपाध्यक्ष अरुण रेग्मी पनि गएका छैनन् । आन्तरिक विवाद र अध्यक्षको मनोमानीबाट रुष्ट बनेका कारण उनी दुबई नगएको वुझिएको छ ।

हुनत, नेफ्टाले अवार्डमा सहभागी नै नहुने कलाकारको समेत नाममा टिकट बेचेर दर्शकलाई झुक्याइसकेको छ । नायक अनमोल केसीलाई त दुबई लैजानका लागि ‘अवार्ड’को प्रलोभन समेत देखाइएको स्वयंम उनका पिता भूवन केसीले मिडियासँग बताइसकेका छन् ।

नेपाली चलचित्रका अवार्डहरु एकपछि अर्को रुपमा विवादमा तानिरहेको समयमा ‘नेफ्टा अवार्ड’को गरिमा पनि यस्तै विवादका कारण कम बनिरहेको छ । आशा गरौ, अवार्डको नतिजाले नेफ्टाको गरिमालाई अझ कमजोर बनाउने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment