Comments Add Comment

अवार्ड चलिरहँदा हलमा किन बसेनन् आर्यन ?

aaryan sigdel (1)
दुबइमा आयोजना भएको ‘नेफ्टा अवार्ड’बाट विभिन्न गसिपहरु सार्वजनिक भैरहेका छन् । हुनत, कलाकारहरुको ठूलो संख्या उपस्थित भएको स्थानबाट गसिप सार्वजनिक हुनु कुनै नौलो कुरा होइन ।

शुक्रबार राति, दुबइमा अवार्ड वितरण भैरहँदा नायक आर्यन सिग्देल भने हलबाट बाहिरिए । उनी अवार्ड सकिनु भन्दा १ घन्टा अगाडि नै हलबाट बाहिरिएको श्रोत बताउँछ । उनी हलबाट बाहिरिदा, अभिनेता विधामा अवार्ड नै वितरण भएको थिएन ।

आर्यन पनि यो विधाका लागि मुख्य दाबेदारको रुपमा थिए । यो विधामा नोमिनेशनमा परेका कलाकार मध्ये आर्यन र नाजिर हुसेन मात्र दुबई पुगेका थिए । यसैले, धेरैको अड्कल आर्यनले नै अवार्ड पाउँछन् भन्ने थियो । तर, यो विधामा ‘कबड्डी कबड्डी’बाट दयाहाङ राइले अवार्ड पाए ।

उनी अभिनित तथा निर्मित चलचित्र ‘क्लासिक’ले मुख्य-मुख्य विधामा अवार्ड नपाएपछि आर्यनलाई अब ‘उत्कृष्ट अभिनेता’को विधामा पनि अवार्ड नपाउने निश्चित भएको हुनसक्छ । जसकाकारण, उनी हलबाट बाहिरिएको श्रोतले बताएको छ ।

तर, नायक आर्यन सिग्देल भने आफू कार्यक्रम अवधिभर हल भित्र र बाहिर रहेको बताउँछन् । उनले भने-‘म एकै ठाउँमा बसिरहन सक्दिनँ । यसैले भित्र-बाहिर गरिरहेको थिएँ । फेरि, हलमा खुबै चिसो भएका कारण पनि बाहिर निक्लिएको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment