Comments Add Comment

यो गाईले किन रोकिरहेको छ बसको बाटो ? हेर्नुस् दर्दनाक कथा (भिडियो सहित)

cowयो दुनियाँमा आमा र बच्चाको सम्बन्ध सबैभन्दा पि्रय हुन्छ । मानव संसारमा हामी सधै आफ्नै वरीपरी यस्तो देख्छौँ र भोग्छौँ पनि । तर केवल मानिस मात्र होइन जनावर पनि यो पवित्र नाताको महत्वलाई बुझ्दछन् । भारतको कर्नाटकमा एउटा यस्तै घटना भएको छ, जुन थाहा पाउँदा आमाको आफ्ना सन्तानप्रतिको प्रेेम महसुस गर्न सकिन्छ र आँखा रसाउँछन् पनि ।

कर्नाटकको सिरसीमा चार वर्ष पहिले एक यात्रुवाहक बसले ठक्कर दिँदा एउटा गाईको बाच्छो मरेको थियो । बसले ठक्कर दिएपछि घाइते भएको बाच्छो उसको आमाकै अघि मरेको थियो । आफ्नो सन्तान त मर्‍यो र समयक्रमसँगै गाईले विर्सियो पनि होला । तर गाईले आफ्ना सन्तानलाई मार्ने बस तथा त्यसको चालकलाई बिर्सिन सकेको छैन । गाईले अझैपनि पनि सो गाडी बाटोमा गुडेको देख्दा त्यसलाई रोक्ने कोसिस गर्दछ ।

यसरी गाईले हरेक जसो उक्त बसलाई बाटोमा रोक्ने कोसिस गरेको दृश्य सयौँ मानिसहरुले चार वर्षदेखि हेर्दै आएका छन् । उक्त गाईलाई बाध्यताबस लठ्ठीले पिट्दै भगाएर बसलाई अघि बढाइन्छ तर गाई पुनः उक्त बसको पछि पछि दौडिन छाड्दैन ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment