Comments Add Comment

अष्ट्रेलियाबाट गाउँको बिद्यालयलाई १२ लाख रुपैयाँ सहयोग

baglung-school-aus२८ डिसेम्बर, मेलवर्न । अष्ट्रेलियामा रहेर नेपालका बिभिन्न कल्याणकारी र सामाजिक काममा आर्थिक सहयोग गर्ने नेपालीहरु धेरै छन् । प्राकृतिक प्रकोप वा मानबिय बिपत्ति आइपर्दा मात्र हैन, आफु पढेको स्कुलको भवन निर्माण, छात्रबृत्ति कोषको स्थापना र बिद्युतिय पुस्तकालयको निर्माणका लागि पनि अस्ट्रेलियामा रहने नेपालीहरुको सहयोग उल्लेखनिय छ।

यसै क्रममा बाग्लुङको बिहुँकोट अमर उच्च माबिका लागि बिद्यालयका पूर्व विद्यार्थीहरुले अस्ट्रेलियाबाटै झन्डै १२ लाख बराबरको अर्थ सङ्कलन गरेका छन् ।

बाग्लुङको बिहुँ गाबिसमा रहेको सो उच्च माबिको स्तरोन्नतिका लागि लगाइएको धनधान्याञ्चल ज्ञान महायज्ञमा बिद्यालयका पूर्व विद्यार्थी, बिदेशबाट र स्थानिय स्तरबाट गरी ३ करोड भन्दा बढी रकम सङ्कलन भएको छ ।

गाउँबाट टोलै रित्तो हुनेगरी बिदेशिने क्रम बढीरहेका बेला आफ्नो गाउँठाउँका लागि केही गर्नुपर्छ भन्ने भावनाले बिद्यालयको स्तरोन्नतिका लागि आफुहरुले सहयोग गरेको अस्ट्रेलियाका लागि अर्थसङ्कलन सङ्योजक प्रेमप्रसाद कँडेलले बाताए ।

कँडेल भिक्टोरियाको क्रेगिबर्न नेपाली समाजका अध्यक्ष पनि हुन् । अर्थ सङ्कलनमा बिष्णु सापकोटा, सागर सापकोटा, बिकास सापकोटा, बिज्ञान कँडेल, चिरन्जिबी कँडेल, भुषण कँडेल, प्रेम, कृष्ण र गणेश कँडेल, टिका, गौरव र हरी कँडेलले एकलाख भन्दा माथि सहयोग गरेका छन् ।

यस्तै भिम न्यौपानेले ५० हजार र अन्य सहयोगीहरुमा चन्द्र कँडेल, लुसी तिलक न्युरे, दिपक कँडेल, लालप्रसाद कँडेल, पारु कँडेल, लगायत छन्। सो अर्थ संकलनबाट प्राप्त रकम केही दिनमा बिद्यालय परिवारलाई हस्तान्तरण गरिने सङ्योजक कँडेलले बताए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment