Comments Add Comment

‘मलाई फोन नगर्नु’ भनेका थिए नेफ्टाका जुरीले, निर्णय दिएको १ घन्टामै फेरियो नतिजा

nefta-award-fianl-photo-3
शुक्रबार दुबइमा आयोजना भएको ‘नवौ नेफ्टा फिल्म अवार्ड’को विवाद अझै साम्य भएको छैन । नेफ्टा अहिले महासचिव र सचिव विहिन भैसकेको छ । अध्यक्ष पुष्कर लामाले अब यसलाई कसरि सम्हाल्न्छन्, यो सबैका लागि चासोको बिषय बनेको छ ।

‘पशुपति प्रसाद’ उत्कृष्ट चलचित्र भएपछि यसका निर्देशक दीपेन्द्र के खनालले अवार्ड नै थापेनन् । उनले यो अवार्ड लिदा लाज हुने भन्दै अवार्ड नलिएको बताएका छन् । उनले मंगलबार नेफ्टाको कार्यलय पुगेर अवार्ड नै फिर्ता गरिसकेका छन् । दीपेन्द्रले अवार्ड फिर्ता गरेपछि अहिले नेपालमा अवार्डको बिषयलाई लिएर नयाँ बहस सुरु भएको छ । नेपाली चलचित्र क्षेत्रमा कुनै अवार्ड पाएका व्यक्तिले अवार्ड नै फिर्ता गरेको संभवत यो पहिलो घटना हो ।

यसैविच, नेफ्टा अवार्डको निर्णयलाई लिएर भैरहेको विवादमा जुरी संयोजक भरत शाक्यले मुख खोलेका छन् । भरतले अनलाइनखबरसँग कुरा गर्दै आफूहरुलाई दुबई पुगेपछि आयोजकले कुनै मत्तलव नै नगरेको बताएका छन् । bharat-sakyaआफू र अर्का जुरी प्रकाश जंग कार्की एउटै कोठामा बसेको तर आयोजकले कुनै मत्तलव नै नगरेको उनको भनाई छ । उनले भने-‘जुरी बनेर गएको मानिसको त कुनै मत्तलव नै छैन । मैले नेपालबाटै नोमिनेशन पि्रन्ट गरेर लैजाउ भनेको थिएँ । तर, त्यहाँ पुग्दा त कसैसँग नोमिनेशन नै रहनेछ ।’

उनले अगाडि भने-‘हामीले निर्णय दिएको १ घन्टा भित्र केहि विधाका अवार्ड नै परिवर्तन गरिएको रहेछ । त्यही गएका कलाकर्मीलाई नै दिने सोच उनीहरुको रहेछ ।’
भरतले नेफ्टा अध्यक्ष पुष्कर लामालाई ‘अबदेखि मलाई सम्पर्क नगर्नु’ भनेका रहेछन् । जुरीको निर्णयमा नै आयोजकले बदमासी गरेपछि आफूले यसो भनेको भरतको भनाई छ ।

अवार्डको नतिजा आउन थालेपछि आफू हलबाट बाहिरिएको र अन्य जुरीहरुलाई पनि निस्कन भनेको भन्दै भरतले भने-‘जब जब निर्णय आउन थाल्यो, मलाई निकै गाह्रो भयो । मैले अरु जुरीहरुलाई पनि हलबाट बाहिर जाउ भने । अरु मान्नुभएन, म बस्न सकिनँ ।

हालैमात्र राजीनामा दिएका नेफ्टाका महासचिव सुरज आचार्यले आफूलाई -‘जुरीको निर्णयले आफूहरुलाई अप्ठ्यारोमा पार्न सक्छ’ भनेको भरतको भनाई छ ।
यसपटक हरेक खाममा जुरीका ५ जना सदस्यले हस्ताक्षर गरेको बताउँदै भरतले भने-‘तर, त्यसमा नै बदमासी भयो । जुरीको केहि निर्णय नै उल्टाउने काम भयो ।’

नेफ्टाले आयोजना गर्ने यस अगाडिका अवार्डमा समेत जुरी बसेका भरतले अनलाइनखबरसँग भने-‘यस अगाडि यती साह्रो भएको थिएन । अर्को चलचित्रलाई पनि दिन मिल्छ भने त्यतातर्फ जुरीले सोच्न त सक्थ्यो । तर, यसपटक बहुतै लाजमर्दो काम भयो ।’

जुरी कसैलाई रिझाउन नबन्ने भन्दै भरतले दीपेन्द्रको निर्णयमा भने-‘अवार्ड आफूले नै पाउनुपर्छ भन्ने हो भने त, सबै चलचित्र बनाउनेले अवार्ड गर्दै आफै लिए भैहाल्यो नि होइन र ?’

आदिवासी विधा अन्र्तगत ‘तिम्रो कसम’लाई अवार्ड दिइएकोमा जुरीको असन्तुष्टी देखिएको छ । नेफ्टाको टिमले यो चलचित्रलाई अवार्ड नदिए विकास बोर्डबाट आफूहरुले पाउने ५ लाख नै नपाउने भन्दै जुरीलाई निर्णय उल्टाउन लगाएको समेत वुझिएको छ ।

अवार्ड वितरणमा नै आयोजकले हस्तक्षेप गरेको, जुरीको कुनै मर्यादा नराखेको भन्दै यतिबेला नेफ्टा अवार्डका जुरी संयोजक भरत शाक्य आक्रोशित देखिएका छन् । यस बिषयमा अवार्ड आयोजक नेफ्टाले मुख खोलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment