Comments Add Comment

भोलिदेखि भारतबाट थप ४० मेगावाट विजुली भित्रिने

'सन् २०१७भित्रै देश लोडसेडिङमुक्त हुन्छ'

energy-transmission
१६ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार राति १२ बजेपछि भारतबाट थप ४० मेगावाट विजुली आयात गर्दैछ । सुख्खायामका कारण नदीहरुमा पानीको बहाब घट्दै गएपछि लोडसेडिङ हटाउने अभियानलाई निरन्तरता दिन प्राधिकरणले भारतबाट थप बिजुली भित्र्याउन लागेको हो ।

भारतको मुज्जफपुरदेखि ढल्केबरसम्म्को अन्तरदेशीय प्रसारणलाइनबाट थप विजुली आयात हुने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । उनकाअनुसार भोलि अर्थात जनवरी १ देखि थप ४० मेगावाट भित्र्याउने गरी भएको सम्झौताअनुसार यो बिजुली ल्याउन लागिएको हो ।

थप विजुली ल्याउन भारतको मुज्जफपुरमा रहेको स्टेशनमा नयाँ ट्रान्सर्फमर जडान गरिएको छ । अहिलेसम्म भारतबाट ३ सय मेगावाट बिजुली आयात भइरहेको छ । अब यो बढेर ३ सय ४० मेगावाटको हाराहारीमा पुग्नेछ ।

लोडसेडिङ हटाउन विद्युत प्राधिकरणले भारतबाट साढे ५ सय मेगावाट बिजुली भित्र्याउन खोजेको छ । थप बिजुली आयात गर्नेबारे अघिल्लो साता दिल्लीमा सम्झौता भएको थियो ।

अब फेब्रुअरीदेखि टनकपुरबाट पनि थप ४० मेगावाट बिजुली आयात हुनेछ । यस्तै अन्य अन्तरदेशीय प्रशारणलाइनबाट पनि अरु थप ४० मेगावाट ल्याउने योजना रहेको प्रवक्ता अधिकारीले बताए ।

उनले सन् २०१६ मा प्राधिकरण्काले लोडसेडिङ हटाउन गरेको प्रयत्नलाई सबैले सकारात्मक रुपमा लिएकाले सन् २०१७ भित्रै देशलाई लोडसेडिङमुक्त घोषण गर्ने अभियानमा थालिएको बताए ।

गतवर्ष झण्डै ३५० मेगावाटसम्म बिजुली भारतबाट आयात भएको थियो । यो वर्ष बिजुली आयात बढेर ४ मेगावाट सय नाघ्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment