Comments Add Comment

खुकुरी प्रहार गरी वन रक्षकको हत्या

१७ पुस, ताप्लेजुङ । निजी र सामुदायिक वनबारेको बिवादले उग्ररुप लिँदा ताप्लेजुङमा आज सरकारी वन रक्षकको खुकुरी प्रहार गरी हत्या गरिएको छ ।

hatyaसदरमुकामबाट ४ कोष टाढा पर्ने खोक्लिङ गाविस वडा नम्बर ८ मा अवस्थित इलाका वन कार्यालयमा कार्यरत जुम्ला घर भएका वन रक्षक गणेश शाहीको आज बिहान ११ बजे हत्या भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

निजी वन र सामुदायिक बनको सीमाबारे विवाद भएपछि आज बिहान ६ बजे दुवै पक्षबीच बैठक भएको थियो । बैठकमा बिवाद भएपछि आक्रोशित स्थानीय सविन लिम्वुले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने लिम्वु फरार रहेको र उनको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । हत्या प्रकरणबारे अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment