+
+
Shares

संविधान संशोधनबारे सर्वोच्चमा बहस सुरु

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १७ गते १४:०८

supreme-court-of-nepal

१७ पुस, काठमाडौं । संविधान संशोधन विधेयकविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आइतबारबाट बहस सुरु भएको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा बहस सुरु भएको हो ।

तर, कार्की न्याय परिषद्को बैठकमा जानु पर्ने भएकाले बहस सकिएन र हेर्दाहर्दैमा राखिएको छ ।

सरकारले प्रदेशको सीमांकन हेरफेरसहित संविधान संशोधनको विधेयक दर्ता गरे लगतै सर्वोच्चमा दुई अलग अलत रिट परेको थियो ।

दुबैलाई एकसाथ सुनुवाई गर्दै सर्वोच्चले मंसिर २३ गते कारण देखाउ आदेश जारी गरेको थियो । र, अन्तरिम आदेश जारी गर्नु पर्ने नपर्नेबारे बहसका लागि बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?