+
+

जग्गा किन्दै हुनुहुन्छ ? स्वीकृति नलिएका प्लटिङको जग्गा रोक्का हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १७ गते २०:३०

land

१७ पुस, काठमाडौं । स्वीकृति नलिई जग्गा खण्डीकरण (प्लटिङ) गरेको पाइएमा कारबाही गरिने काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

जग्गा प्लटिङ गर्नुअघि स्थानीय निकायको सिफारिसमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । हालसम्म काठमाडौँमा १८०, ललितपुरमा १०० र भक्तपुरमा १० वटा प्लटिङले मात्र स्वीकृति लिएको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।

“स्वीकृति बिना गरिएका प्लटिङमा पानी, सडकलगायत सेवा सुविधा सहजरुपमा पाइँदैन, यो जग्गा रोक्का हुन्छ, किनबेच हुँदैन, स्वीकृति नलिई प्लटिङ गरेको जग्गा झुक्याएर बेच्दा दुःख पाइने भएकाले किन्नुअघि प्लटिङको वैधानिकता बुझ्नुपर्छ, नत्र जग्गा किन्ने अप्ठ्यारोमा पर्न सक्छन्”–उनले भने ।

यससम्बन्धी सचेतनाका लागि २०७२ कात्तिक र यस वर्ष मङ्सिरमा गरी दुईपटक सूचना सार्वजनिक गरिएको छ । यो नियम विपरीत स्वीकृति नलिएका प्लटिङ किनबेचका लागि सिफारिस गर्ने स्थानीय निकाय, मालपोत र नापीका संलग्न कर्मचारीलाई पनि कारबाहीको दायरामा ल्याइने आयुक्त तिवारीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?