+
+

शीर्ष नेता बैठकमा आएनन्, संसद बैठक सूचना टाँसेर स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १८ गते ११:३०

Parliament-Building of Nepal

१८ पुस, काठमाडौं । विपक्षीको अवरोधका कारण दुई घन्टाका लागि स्थगित भएको संसद बैठक सूचना टाँसेर स्थगित हुने भएको छ ।

सोमबार १ बजेका लागि बोलाइएको बैठकमा एमालेसहितका विपक्षी दलहरुले अवरोध गरे । सभामुख ओनसरी घर्ती मगरले ३ घन्टाका लागि बैठक स्थगित गरेर शीर्ष नेताहरुसहित कार्यव्यवस्थाको बैठक बोलाइन् । तर, कार्यव्यवस्थामा शीर्ष नेताहरु आएनन् ।

बैठकमा शीर्ष नेताहरुसहितको बैठक भोलि विहान ११ बजे र संसद १ बजेका लागि राख्ने सहमति भएको छ ।

अब संसद सचिवालयले संसद बैठक भोलिसम्मका लागि स्थगित भएको सूचना टाँस्ने तयारी गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?