Comments Add Comment

संविधान संशोधन विधेयक जस्ताको तस्तै पारित हुन्छः देउवा

sher-bahadur-deuba

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकै समर्थनमा संविधान संसोधन विधेयक पारित हुने दाबी गरेका छन् । साथै उनले संशोधन विधेयकमा कुनै परिर्माजन नहुने बताए ।

रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै सभापति देउवाले भने, ‘मलाई बिश्वास छ, एमालेले पनि संशोधन प्रस्तावमा भोट हाल्छ र संविधान संशोधन विधेयक पारित हुन्छ ।’

अहिले संसदमा पेश गरेकै विधेयक पारित हने बताए । उनले जोड दिएर भने, ‘अब परिमार्जन हुँदैन, संसदमा पेश भएको बिद्येयकनै जस्ताको त्यस्तै पारित हुन्छ, तलमाथि हुँदैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले अदालतको फैसलाले सकारात्मक भूमिका खेलेको भन्दै २४ गतेबाट संसद सुचारु हुने विश्वास व्यक्त गरे । उनले भने, ‘अनिश्चितकालका लागि संसद चल्न नदिने, बन्द गर्ने कुरा उचित होइन ।

सभापति देउवाले आगामी बैशाखसम्म स्थानीय तह वा स्थानीय निकाय जेको भए पनि निर्वाचन हुने दावी गरे ।

०७४ मंसिरभित्र तीन वटै निर्वाचन गर्ने भन्दै उनले भने, ‘स्थानिय निकाय वा तह, त्यस पछि प्रदेश र केन्दि्रय संघिय निर्वाचन जसरी पनि गर्नुपर्छ, त्यसको विकल्प छैन्, हामीले निर्वाचन आयोगसँग कुरा गरेका छौँ, चार महिनाभित्रमा चुनाव हुन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले भने, ‘हामी दुवै जना जेलनेल भोगेर दुःख पाएका हौं, उहाँसँग मेरो पार्टीगत र व्यक्तिगत रुपमा राम्रो सम्बन्ध छ ।’

उनले अघि थपे, ‘अहिले पो यो संशोधन अघि बढ्पछि केही भयो जस्तो देखिएको हो, सम्बन्ध राम्रै छ, र रहिरहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment