Comments Add Comment

शिल्पाको २१ बर्षमा प्रेम, २२ बर्षमा ब्रेकअप

नायिका शिल्पा मास्केले अभिनय गरेको दोश्रो चलचित्र ‘कागजपत्र’ अहिले हलमा रिलिज भैरहेको छ । चलचित्रको व्यापार सन्तोषजनक छैन । तर, शिल्पाको कामलाई भने दर्शकले रुचाएका छन् । नायिका शिल्पा मास्के चलचित्र क्षेत्रको बारेमा स्पष्ट बोल्न सक्छिन् । कमै मात्र नायिकाले यस्तो खालको हिम्मत गर्न सक्छन् । शिल्पा आफू एकदमै साधारण यूवती भएको बताउँछिन् । शिल्पालाई बिहान छाडै उठेर चलचित्रको छायांकनमा जान निकै नै दिक्क लाग्छ ।

तर, उनलाई नयाँ चलचित्रको राम्रो कथा आएको खण्डमा खुशी लाग्छ । नेपाली चलचित्रको कुनै पनि काम समयमा नहुँदा विरक्त लाग्ने उनले सुनाइन् । शिल्पालाई फेसबुक र इन्स्टाग्राममा इन्स्टाग्राम मनपर्छ । उनी आफूलाई असल यूवती भन्न रुचाउँछिन् ।

शिल्पाले आफू अहिले प्रेममा नरहेको सुनाइन् । तर, उनले पहिलो डेटिङ भने २१ बर्षमा नै गरेको बताइन् । उनको ब्रेकअप २२ बर्षमा भएको रहेछ । आफूले कुनै पनि कुरामा गल्ती गर्दा लाज लाग्ने शिल्पाको भनाई छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment