Comments Add Comment

सन्नी लियोनीको लैला पाँच करोडमाथि हेरियो

sunnyशाहरुख खान अभिनित फिल्म रइसको गीत ‘लैला’ यूट्यूवमा हिट भएको छ । यो गीतमा शाहरुखका साथ सन्नी लियोनीले अभिनय गरेकी छिन् ।

यूट्युवमा हालसम्म ५ करोडभन्दा बढि पटक यो गीत हेरिएको छ । सन्नीलाई हट अवतारमा प्रस्तुत गरिएको गीतले रिलिज भएको २३ घन्टामा नै ८७ लाख हिट्स बटुलेको थियो । रइस फिल्मको आधिकारिक ट्वीटर ह्यान्डलमा फिल्मको यो गीतले ५ करोड भ्युज पाएको जानकारी गराइएको छ ।

रइसमा समावेश गरिएको यो गीत १९८० मा आएको यिफल्म कुर्बानीको गीत ‘लैला ओ लैला’ बाट साभार गरिएकाको हो । रइसमा शाहरुखको जोडीको रुपमा पाकिस्तानी अभिनेत्री माहिरा खानले अभिनय गरेकी छिन् । यसको कथा १९८० को दशकका एक मदिरा तस्करमाथि आधारित छ । २५ जनवरीमा रिलिज हुने यो फिल्मलाई शाहरुखका प्रशंसकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । लैला गीतको सफलताले फिल्मप्रतिको क्रेजलाई अझै बढाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment