Comments Add Comment

धनगढी प्रिमियर लिग खेल्ने ६ टोलीको घोषणा, को-को छन् कप्तान ?

6-captains-of-dhangadhi-premier-league

२१ पुस, काठमाडौं । सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिग खेल्ने ६ टोली र कप्तान घोषणा भएको छ ।

विभिन्न शहरका टोलीहरुलाई फ्रेन्चाइज गरेर चैत ५ देखि १९ गतेसम्म्म धनगढीमा प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताका लागि सीबाईसी अत्तरिया, बिराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक र टिम चौराहा धनगढी गरी छ टिम छनोट गरिएको आयोजकले जनाएको छ ।

अत्तरियाको कप्तान ज्ञानेन्द्र मल्ल, विराटनगरको शरद भेषावकर, काठमाडौंको बसन्त रेग्मी, रुपन्देहीको शक्ति गौचन, कञ्चनपुरको विनोद भण्डारी र धनगढीको पारस खड्का कप्तान छन् ।

लक्की ड्रबाट कप्तान छनोट गरिएको हो र उनीहरुले समान १ लाख ५० हजार पारिश्रमिक पाउनेछन् ।

धनगढी पि्रमियर लिगका लागि दर्ता गराएका २६० खेलाडीमध्येबाट २१७ जना छनौट भएका छन् र किनबेचका लागि २३ गते अक्सन हुनेछ । कुनैपनि टिममा नपरेका खेलाडीको दर्ताशुल्क फिर्ता गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । खेलाडी दर्ताका लागि १५०० शुल्क निर्धारण गरिएको थियो ।

नेपाल क्रिकेट प्लेयर्स एशोसिएसनसँगको सहकार्यमा खेलाडीहरुलाई चार समूहमा बर्गीकरण गरिएको छ । जसमा राष्ट्रिय टोलीमा रहेका र देशका लागि १५ भन्दा बढी खेल खेलेका क्रिकेटरको न्यूनतम मूल्य ५० हजार राखिएको छ ।

१५ भन्दा कम खेल खेलेका तथा यू-१९ क्रिकेटरको ३० हजार र पूर्व यू-१९, यू-२३, यू-१७, यू-१६ र यू-१५ खेलाडीको न्यूनमत मूल्य २५ हजार राखिएको छ । राष्ट्रिय टोलीमा नपरेका खेलाडीहरुको न्यूनतम मूल्य २० हजार छ ।

टिमहरुसँगको आपसी सल्लाहमा प्रत्येक टिममा कम्तिमा ४ जना अहिलेसम्म कुनैपनि समूहको राष्ट्रिय टोलीबाट नखेलेका खेलाडीलाई समावेश गर्ने निर्णय भएको छ ।

खेलाडी अनुबन्धका लागि कप्तानबाहेक प्रत्येक टिमले बढीमा सात लाखसम्म खर्च गर्न सक्नेछन् ।

टी-२० फर्म्याटको प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एक आपसमा एक-एक खेल खेल्नेछन् ।

शीर्ष चार टोली प्ले अफमा पुग्नेछ । त्यसमा पहिलो र दोस्रो टिमको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँग खेल्नेछ र यसको विजेता पनि फाइनलमा पुग्नेछ । विजेताले १५ लाख पाउनेछ भने उपविजेताले ७ लाख पाउनेछ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पुरस्कार पाउनेछन् भने म्यान अफ द सिरिजले टिभिएस अपाचे मोटरसाइकल पुरस्कार पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment