Comments Add Comment

संविधान संशोधन विधेयक संसदमा टेबल गर्ने बालुवाटार बैठकको निर्णय

meeting-with-madhesi-morcha
कांग्रेस-माओवादी र मधेसी मोर्चाको बैठकमा सहभागीहरु । तस्वीर: प्रधानमन्त्रीको सचिवालय

२१ पुस, काठमाडौं । सत्तारुढ कांग्रेस-माओवादी र मधेसी मोर्चाले व्यवस्थापिका संसदको आगामी बैठकमा संविधान संशोधन विधेयक टेबल गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा सर्वोच्चको आदेशबारे छलफल भएको थियो । सर्वोच्चको आदेश सकारात्मक भएको भन्दै बैठकले संसदको अबको बैठकमा संंशोधन विधेयक टेबल गर्ने निर्णय गरेको छ ।

मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘संसदको अबको बैठकमा कुनै हालतमा संशोधन टेबल गर्ने र परिर्माजनसहित पारित गर्ने निर्णय भएको छ ।’

संसदको बैठक २४ गते बोलाइएको छ । तर, एमालेले भने सर्वोच्चको आदेशपछि संशोधन अघि बढाउन नमिल्ने भन्दै जबजरजस्ती गरे कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

कांग्रेस र माओवादीसँगको बैठकमा मधेसी मोर्चाले राज्य पुनर्संरचना आयोग गठन गर्न माग गरेका छन् । तर, बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित भएकाले निर्णय नभएको रामसपाका महासचिव केशव झाले जानकारी दिए ।

मन्त्रिपरिषदले संशोधन विधेयक दर्ता गर्ने निर्णय गरेकै दिन आयोग गठन गर्ने निर्णय भएको थियो । तर, टीओआरमा मोर्चाले केही संशोधन खोजेका कारण बन्न सकेको छैन ।

बैठकमा मधेसी मोर्चाका नेता राजेन्द्र महतोले आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाइसहितका सहमति अझै कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका छन् । साथै सरकारले गरेका नियुक्तहरु समेत समावेशी नभएकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मोर्चाका नेता महतोले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment