Comments Add Comment

मानव शरीरमा भेटियो नयाँ अंग !

जुन अंगबारे वैज्ञानिकहरु समेत थिए अनविज्ञ

new-anga

२२ पुस, काठमाडौ । सामान्यतः मानव शरीरमा ७८ अंग हुन्छन् । तर आयरल्याण्डका एक शोधकर्ताले मावन शरीरमा नयाँ अंग पत्ता लगाएसँगै अब हाम्रो शरीरमा ७९ वटा अंग भएका छन् । जुन अंगबारे अहिलेसम्म सबै अनविज्ञ थिए ।

आयरल्याण्ड स्थित लिमरिक विश्वविद्यालयका शोकर्ताहरुले गरेको नयाँ शोधमा उनीहरुले नयाँ अंग फेला पारेका हुन् । यो अंगलाई ‘मेसेन्टरी’ नाम दिइएको छ । यो अंग हाम्रो पाचन तन्त्रसित जोडिएर रहेको छ । यहाँ आश्चर्य के छ भने मानव शरीरभित्रको महत्वपूर्ण अंगसित जोडिएर रहेको यस अंगबारे अहिलेसम्म कसैलाई पनि जानकारी थिएन ।

पहिले पहिले यो अंग अरु विभिन्न अंगहरु मिलेर बन्छ भन्ने अवधारणा राखेको थियो । जबकी लिमरिक विश्वविद्यालयका सर्जरीका प्रोफेसर जे केल्विन काफीले यो अंग एकल संरचना भएको बताएका छन् ।

उनले शोधमा यो खोजबाट धेरै लाभ लिन सकिने बताएका छन् । साथै यो खोजले रोगलाई नयाँ तरीकाबाट बुझ्न सकिने बताएका छन् ।

यो शोध ‘ल्यान्सेट’ नामक जर्नलमा प्रकाशित छ ।

चिकित्सा क्षेत्रसित सम्बन्धि किताब ग्रे एनाटोमीले मानव शरीरको अंगबारे जानकारी अपडेट गराउँदै नयाँ अंगलाई समेत त्यसमा समावेश गरेका छन् ।

यद्यपी यो अंगले के-के काम गर्छ भनेर जान्नको लागि यो अंगबारे अझै धेरै अनुसन्धान आवश्यक छ ।

प्रोफेसर जे केल्विनले भने, ‘हामीले यो अंगको रचना, विज्ञान तथा आकारबारे पत्ता लगाइसकेका छौं । अब हामीलाई यसले कसरी काम गर्छ भनेर पत्ता लगाउनु जरुरी छ ।’ यसको लागि अन्य अंग झै यो अंगको बारेमा पनि अनुसन्धान आवश्यक रहेको उनले बताए ।

यो अंग पत्ता लागेसँगै शोधकर्ताहरुले पेट सम्बन्धी रोगहरुको उपचारमा समेत यसले महत्वभूर्ण भूमिका खेल्ने आशा लिएका छन् ।

विशेषगरी कोलोरेक्टल क्यान्सर, इन्फेमेटरी बाउल रोग जस्ता आद्रासित जोडिएको रोग, मधुमेह तथा मोटोपनाबारे बुझ्न तथा यस्ता रोग निको पार्न पनि यो अंगले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने शोधकर्ताहरुको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment