अंग्रेजी नयाँ बर्षलाई स्वागत गर्दै नेपालको चर्चित व्याण्ड ‘नेपथ्य’ले राजधानीको टुँडिखेलमा भव्य कन्सर्टको आयोजना गरेको छ । २७ बर्ष अगाडि यो ब्याण्डको स्थापना भएको थियो । सरु भक्तको ‘कुरुप अनुहार’ बोलको गीतबाट ‘नेपथ्य’ले सांगीतिक प्रस्तुती सुरु गरेको थियो ।
‘पल्सर डेयर भन्चर’को दोश्रो श्रृङ्खलाको समापन कार्यक्रममा ‘नेपथ्य’को कन्सर्ट आयोजना गरिएको हो । कार्यक्रम हेर्नका लागि यूवायूवतीको बाक्लो भीड टुँडिखेलमा देखिएको थियो । कार्यक्रममा यो ब्याण्डले दर्जन बढी गीत प्रस्तुत गरेको थियो ।
गीत गाउने क्रममा व्याण्डका भोकलिस्ट अमृत गुरुङले नेपाली-नेपालीको भावना बलियो हुनुपर्ने बताउँदै नेपाल घुम्न आउन सबैलाई आग्रह गरे ।
तस्बिरः कमल प्रसाई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4