Comments Add Comment

समता माइक्रोफाइनान्सको आइपीओमा १९८ गुणा बढी आवेदन, सबै गोलाप्रथाबाट छानिने

IPO

२४ पुस, काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले जारी गरेको ९४ हजार ८ सय कित्ता (९४ लाख रुपैयाँको) सेयरमा १ अर्ब ८८ करोड रुपैयाँको आवेदन परेको छ ।

कम्पनीको सेयर करिब ८७ हजार २ सय आवेदकहरुबाट माग भएको हो । कम्पनीले कुल निष्कासित सेयरमध्ये १ हजार ८ सय ९६ कित्ता सेयर कर्मचारीको लागि र ४ हजार ७ सय ४० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको थियो । लगानीकर्ताले ८८ हजार कित्ता सेयरको लागि मात्र आवेदन दिन पाएका हुन् ।

कम्पनीले ४० दिन भित्रमा सेयर बाँडफाँट गर्नुपर्ने हुन्छ । जारी सेयरमा अत्यधिक आवेदन परेकोले गोलाप्रथाबाट सेयर वितरण हुने सम्भावना रहेको छ । लगानीकर्ताले न्युनत्तम ५० देखि अधिकत्तम ५ सय कित्ता सेयरको माग गर्न पाउँने व्यवस्था थियो । अधिकत्तम आवेदन दिन सकिने रकम नै रू. ५० हजार रहेकोले साना ठुला लगानीकर्ताको सीमा नै कायम रहेको थिएन । यही कारण सबै आवेदनमध्ये योग्य आवेदन गोलाप्रथाबाट छनौट हुने सेयर बिक्री प्रबन्धक एनआइबीएलले बताएको छ । सेयर निष्कासन पुस २२ गतेसम्म खुला गरिएको थियो ।

आव २०७२/७३ अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय ३४ रुपैयाँ रहेको छ । यही दर कायम रहन सकेमा लगानीकर्ताले सेयर सूचीकरणभएसँगै १ सय ३४ देखि ४ सय २ सम्ममा पहिलो कारोबार गर्न पाउने अवस्था बन्नेछ ।

हाल २ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर जारीपछि यो पुँजी ३ करोड १६ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले आगामी ३ वर्षमा चुक्ता पूँजी रकम शतप्रतिशत वृद्धि गर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । यसोभएमा लगानीकर्ताले ३ वर्ष नपुग्दै एक सय प्रतिशतसम्म बोनस वा हकप्रद सेयर पाउने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment