Comments Add Comment

‘मलाई ज्योतिषमा धेरै विश्वास छ’: नारायण रायमाझी

naryan
लोक संगीतमा लागिपरेका श्रष्टा हुन् नारायण रायमाझी । ब्यबसायिक कलाकारको यो भीडमा मौलिक गीत गाएरै पृथक छवि कायम गरेका छन् रायमाझीले । उनका हरेक गीतमा मौलिक स्वाद भेटिन्छन् । लोकसंगीत सिर्जनाको साथै चलचित्र निर्देशनमा समेत हात हालेका रायमाझी पछिल्लो समय सफल निर्देशकको रुपमा चिनिन्छन् । उनै रायमाझीसँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
म बेलुका अलि ढिलोसम्म स्टुडियोमा काम गर्छु त्यसकारण यति बजे उठ्ने भन्ने छैन । बेलुका चाडै सुतेको दिन चाडै उठ्छु । ढिला सुतेको दिन ढिलै पनि हुन्छ ।

उठेपछि के गर्नुहुन्छ ?
उठेपछि डेढ घण्टाजति मेडिटेशन गर्छु । म चिया कफि केहि खान्नँ । पहिला खान्थेँ, असर गरेपछि खान छाडेँ ।

ब्रेकफाष्टमा के लिनुहुन्छ ?
ब्रेकफाष्ट पनि खासै खान्नँ । बिहान सिधै खाना खाएर घरवाट निस्कन्छु ।

भान्साको काम पनि गर्नुहुन्छ कि ?
अहँ, भान्साको काममा कहिल्यै पारखी हुन सकिनँ ।

फेशवुक कत्तिको चलाउनुहुन्छ ?
फुर्सद हुदा चलाउँछु । सामाजिक सञ्जालले अहिले राम्रो नराम्रो दुबै सन्देश दिएको छ । राम्रो पक्ष भनेको फेसबुकवाटै देश विदेशमा बसेका नेपालीहरुको हालखबर घरमै बसेर बुझन पाइन्छ । कतिपय बिकृती पनि आएको छ । कहिले बिहानै नराम्रो खबर सुन्नु पर्दा नरमाईलो पनि लाग्छ ।

तपाईलाई नमस्कार गर्ने मान्छे दिनमा कति भेट हुन्छन् ?
ठ्याक्कै त कसरि भनुँ । चिनजानका मान्छेहरुलाई देखेपछि पहिला मै नमस्कार गर्छु । हुन्छन् होला धेरै नै ।

ज्योतिषलाई हात हेराउनु भएको छ ?
हात त हेराएको छैन । चिना हेराएको छु । मलाई ज्योतिष शास्त्रप्रति विश्वास लाग्छ ।

अहिलेको लोकसंगीत कस्तो लाग्छ ?
जुन परम्परागत लोक संगीत थियो, एक पुस्तावाट अर्को पुस्तामा हस्तान्तरण हुन्थ्यो । त्यस्तो भएको पाइदैन । तर, प्रविधीको विकास निकै राम्रो भएको छ । लोकउन्मुख गीत गाउने प्रचलन बढेको छ ।

तपाई त निर्देशक पनि हुनुहुन्छ ? नयाँ चलचित्र कहिले ?
अहिले नयाँ चलचित्रको कथा लेख्ने काम भइरहेको छ । अब चाडै नै छायांकन सुरु गर्छु ।

विश्वका धेरै देश घुम्नु भयो । घुमेको मध्ये गज्जब लागेको ठाउँ ?
मलाई त विदेश सबै ठाउँ लगभग उस्तै लाग्छ । तर, विदेशमा बस्ने नेपालीहरु देश अनुसार फरक फरक संस्कृतिमा रमाएका छन् । युरोप अमेरिकामा बस्नेहरुको शैलि र गल्फमा बस्नेहरुको शैलि फरक छ । मलाई भने गल्फ, कोरिया, हङकङ, जापानमा बस्नेहरुले बढी माया गर्नुहुन्छ जस्तो लाग्छ ।

नेपालको मन पर्ने ठाउँ ?
सुविधाको हिसाबले पोखरा । मलाई आफु जन्मेको ठाउँ पाल्पा रमाईलो लाग्छ । कला र संस्कृतिको हिसाबले पाल्पा धेरै माथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment