+
+
Shares

हलिउड अवार्डमा प्रियंकाको आकर्षक पहिरन

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २५ गते १२:१९

priyanka-chopra-hot
बलिउड नायिका प्रियंका चोपडा रेड कार्पेटमा सधै नै आकर्षक देखिन्छिन् । पहिरनदेखि स्टाइलको मामालामा उनी सधै सजग छिन् । बलिउडका चर्चित अवार्डमा भाग लिइरहेकी प्रियंका अहिले हलिउडका चर्चित अवार्डहरुमा सहभागी भैरहेकी छिन् । अमेरिकाको लस एन्जल्समा आयोजित ‘गोल्डेन ग्लोब्स २०१७’को रेड कार्पेटमा बलिउड सुन्दरी हट बनेर पुगिन् ।

अवार्ड आयोजना हुनु भन्दा २ दिन अगाडि चोपडा कस्तो पहिरन लगाउने भन्ने बिषयमा चिन्तित थिइन् । राल्फ लाउरेनले तयार पारेको पहिरनमा उनी सेक्सी मात्र देखिइनन्, सबैको नजरमा पनि परिन् ।

हलिउडका थुप्रै सुन्दरीहरुको विचमा आकर्षक देखिनु बलिउड सुन्दरीका लागि आफैमा चुनौती थियो । उनले रेड कार्पेटमा आफ्ना फ्यानलाई फुलाइङ किस पनि गरिन् । उनको पहिरनमा डाइमण्ड पनि जोडिएको थियो । अंग्रेजी सिरियल र हलिउड चलचित्रमा काम गरेपछि चोपडा अहिले पश्चिमा देशमा पनि चर्चित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?