२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले सर्वोच्च अदालतले पदमुक्त गरेपनि अख्तियारका निवर्तमान प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने बताएका छन् ।
सर्वोच्चले पदमुक्त गर्दैमा हाईसञ्चो मानेर बस्न नहुने भन्दै उनले भने, ‘लोकमानले अक्षम्य कार्य गरेका छन्, त्यसैले उनलाई संसदबाट महाअभियोग लगाएर कारवाही गर्नुपर्छ, लोकमानले गरेका भ्रष्ट कार्य र काला कर्तुतहरुलाई महाअभियोग लगाएर छोड्नुपर्छ ।’
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सांसद गुरुङले यथास्थितिमा संविधान संशोधन गर्नुपर्ने कुनै आवश्यकता नै नरहेको जिकिर गरे ।
उनले भने, ‘म संशोधन विधेयकको पक्षमा छैन, सर्वस्विकार्यको नाममा संविधान संशोधन गर्ने कुरा अहिले संभव छैन । दलहरुवीच अधिकतम सहमति गरेरमात्रै संशोधन गर्नुपर्छ ।’
एमालेलाई बाहिर राखेर वा सहमति नगरी संशोधन गर्नुको कुनै अर्थ नहुने उनले जिकिर गरे ।
प्रतिक्रिया 4