Comments Add Comment

स्वीस-नेपाल विज्ञान प्रविधि हस्तान्तरण कार्यशाला सुरु

swiss-nepal-technology-transfer-workshop

काठमाडौ । नेपालमा प्रथम स्वीस-नेपाल विज्ञान प्रविधि हस्तान्तरण कार्यशाला आजदेखि राजधानीमा सुरु भएको छ । नेपाल र स्वीटजरल्याण्डबीच साझा अवसर र चुनौती पहिचान गरी प्रविधि आदान-प्रदान गर्ने उद्देश्यले कार्याशाला आयोजना गरिएको हो ।

स्वीटजरल्याण्डमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संगठन नेपसासले नेपालस्थित स्वीटजरल्याण्डको राजदूतावास र गेट्स कलेजको सहकार्यमा नेपालमा पहिलोपटक कार्यशाला आयोजना गरेको हो । कार्यशालाको स्थानीय साझेदारका रुपमा नेपाल बायोटेक्नोलोेजी सोसाइटी र पुल्चोक इञ्जिनियरिङ कलेज रहेका छन् ।

कार्यशालामा स्वीस खानाका परिकार र आतिथ्य शैली (हस्पिटालिटी) बारे विविध प्रस्तुतीहरु दिइनेछ ।

कार्यशालाले विद्यार्थी र प्रविधिमा रुची भएकाहरुलाई स्थानीय तथा विदेशबाट अनलाइन कन्सल्टेशनका लागि उपलब्ध मेन्टर तथा विशेषज्ञहरुसित प्रत्यक्ष अन्तरक्रियाको अवसर प्रदान गर्ने आयोजकहरुले बताएका छन् ।

आवेदन दिएका सयौं सहभागीहरु मध्ये ५० जनालाई प्रतियोगीका रुपमा छनौट गरी आयोजना गरिएको कार्यशालामा सहभागीहरुको अवधारणा कार्यपत्र र मेन्टरको विषय दक्षताका आधारमा तीन दिनसम्म काम गर्नुपर्नेछ ।

कार्यशालामा निर्णायकले छनौट गरेको कार्यपत्र तथा अवधारणालाई पुरस्कृत गरिनेछ भने स्थानीय साझदारसितको सहकार्यमा नेपाल र स्वीटजरल्याण्डमा त्यसलाई कार्यान्वयन गरिने बताइएको छ । जसमा योजना कार्यान्वयनका लागि स्वीस सरकारले आर्थिक सहयोग गर्ने आयोजनकहरुले बताएका छन् ।

कार्यशाला तीन दिनसम्म गेट्स कलेजमा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment