Comments Add Comment

मस्ती टकः अनमोलसँग डेटिङ, आशिरमानसँग बिहे गर्छुः आना शर्मा(भिडियो कुराकानी)

'आशिरमान आनासँग बिहे, साम्राज्ञीसँग डेट चाहन्छन्'

aana-saiyam-and-aashirman
चलचित्रको छायांकन अगाडि नै ‘ग्याङस्टार ब्लूज’का मुख्य कलाकार आशिरमान देसराज, आना शर्मा, संयम पुरी चर्चामा छन् । यो चलचित्रका लागि आशिरमानले ८ केजी तौल बढाएका छन् भने आना पनि जीम धाइरहेकी छिन् । आशिरमानले शरीर बनाउनका लागि करिब आधा बर्ष समय लिएका थिए ।

आशिरमान, आना र संयमसँग गरिएको मस्ती टकको भिडियो यहाँ हेर्नुहोस्ः


अनलाइनखबरसँग ‘मस्ती टक’मा निकै रमाइलोसँग प्रस्तुत भएका चलचित्रका मुख्य ३ कलाकार, आशिरमान, आना र संयमले प्रेम, जीवन र मित्रताको कुरा गरे ।
चलचित्रका लागि दाह्री र कपाल पालेका आशिरमानलाई निकै गाह्रो भएको रहेछ । उनले भने-‘दाह्री चिलाएर हैरान हुन्छ । क्रिम लगायो भने पनि सबै सेतो देखिन्छ ।’

आना चलचित्र ‘जेरी’ पछि केहि समय ब्रेक लिएर यो चलचित्रमार्फत दर्शकमाझ आउन लागेकी हुन् । किन यति ढिला भन्ने प्रश्न हामीले आनालाई सोधेका थियौ । तर, रमाइलो जवाफ दिदै संयम पुरीले भने-‘जेरीपछि पुरीसँग खेल्न होला नि ।’

आना नायक अनमोल केसीसँग डेट जान्छु भन्छिन् । तर, बिहेको चाहना भने उनको आशिरमानसँग देखियो । आशिरमान भने आनासँग बिहे तर साम्राज्ञीसँग डेट जान्छु भन्छन् । यी दुइको चाहना कस्तो हो, यसका लागि तपाइले भिडियो नै हुर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment