Comments Add Comment

जब मालिकको मृत्युमा घोडा धुरुधुरु रोयो

horse-weekingकुकुरले मानवीय संवेदना बुझ्ने र आफ्नो मालिक मर्दा समेत घटना बुझेर दुख मनाउने गरेका समाचार त सुनिएकै हो । कुकुरको यो वफादारिता तथा बुद्धिमानीका विषयमा विभिन्न फिल्म पनि बनेका छन् । तर आफ्नो मालिकको मृत्युमा घरमा पालेको घोडा समेत शोकाकूल भएको घटना चाहीँ सुनिएको थिएन ।

हालै ब्राजिलमा यस्तो घटना भएको छ जसले त्यहाँ उपस्थित सबैको आँखामा आँशु छल्काइदियो । ३४ वर्षका वागनर डे लीमाको हालै सडक दुर्घटनामा ज्यान गएको थियो ।

जब उनको शवलाई घरमा ल्याई त्यसलाई कफनमा राखेर अन्त्येष्टिका लागि लैजाने तयारी भैरहेको थियो तब अनौठो घटना भयो । शवलाई अन्त्येष्टिका लागि लैजाने बेलामा ठ्याक्कै मृतक वागनरले घरमा पालेको सेतो रंगको घोडा आइपुग्यो ।

सेरेनो नामक उक्त घेाडाले कफनमा टाउको राख्यो अनि जोडजोडसँग हिनहिनाउन थाल्यो । घोडाको यस्तो अवस्था देखेर मृतकका परिवार तथा आफन्तले आँशु थाम्न सकेनन् । वातावरण नै स्तब्ध भयो ।

मृतक वागनरका भाइले बताए अनुसार उक्त घोडाा वागनरको निकै प्यारो थियो । त्यसैले आफ्नो दाइको अन्तिम संस्कारअघि उनले दाइको शवलाई अन्तिम पटक देखाउनका लागि प्रिय घोडालाई त्यहाँ ल्याएका थिए । किनकी उसले अब आफ्नो मालिकलाई कहिल्यै पनि देख्न पाउँदैनथ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment