+
+
Shares

सार्वजनिक विदा पुनरावलोकन गर्ने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २७ गते १४:१५

cabinet-meeting-810

२७ पुस, काठमाडौं । सरकारले सार्वजनिक विदा पुनरावलोकन गर्ने भएको छ ।

पृथ्वी जयन्तीमा विदा दिनु पर्ने माग मन्त्रीहरुले पटक पटक उठाएका थिए । तर, सरकारले कुनै निर्णय गरेन ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कुन दिवसमा राष्ट्रिय र कुन दिवस तथा पर्वमा प्रादेशिक र स्थानीय स्तरमा विदा दिने भन्ने सुझाव दिन गृह मन्त्रालयलाई भनेको छ ।

मन्त्रालयलाई एक महिना समय दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।

त्यस्तै सरकारले निजामति कर्मचारीको उमेरहद ६० बर्ष बनाउने प्रस्तावसहितको संशोधन विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ ।

यो पनि पढ्नुस्

पुनर्निर्माण प्राधिकरणको सिईओ ज्ञवाली बर्खास्त, डा. पोख्रेल नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?