+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सिंहदरवारको ढोकामा यसरी मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २७ गते १८:१०

prithvi-narayana-shaha

२७ पुस, काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती नागरिकस्तरबाट बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सिंहदरवार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा बुधबार बिहान माल्यार्पण गरिएको छ ।

सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेताहरु समेत सहभागी थिए ।cp-mainali

कार्यक्रमलाई सम्बोधन गर्नेहरुले आधुनिक नेपालको निर्माणमा शाहवंशीय राजा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै पृथ्वी जयन्तीको दिनलाई सार्वजनिक विदा नदिएको भन्दै सरकारको आलोचना गरे ।

आ-आफ्नो जातीय पहिरन र झाँकीसहित कार्यक्रममा सहभागी भएकाहरुले राष्ट्रिय झण्डा बोकेका थिए । नेपाल प्रहरीको ब्याण्ड बाजाको टोली पनि  कार्यक्रममा सहभागी थियो । कार्यक्रमका कारण यातायात आवागमन प्रभावित भएको थियो ।

police-band-team

prithvi-jayanti-2073

prithvi-jayanti-2073

prithvi-jayanti-2073-3

prithvi-jayanti-2073-4

prithvi-jayanti-2073-5

तस्वीर: विकास श्रेष्ठ र कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?