+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

झापाली समाज अष्ट्रेलियाद्वारा प्रा.डा. उप्रेती सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २७ गते १६:२१

dr-ramprasad-upreti११ जनवरी, सिड्नी । हाल अष्ट्रेलिया भ्रमणमा रहेका प्रा.डा. रामप्रसाद उप्रेतीको बिभिन्न संघ संस्थाहरुले सम्मान गरिरहेका छन् । यसैक्रममा झापाली समाज अष्ट्रेलियाले सिड्नीमा एक कार्यक्रम अयोजना गरी उप्रेतीलाई सम्मान गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका चारपाने निवासी उप्रेती शिक्षण अस्पताल महाराजगञ्जका पूर्वक्याम्पस प्रमुख र बागमती सफाइ अभियानका अभियन्ता मध्येका एक हुन् ।

चिकित्सा क्षेत्र बाहेक पत्रिका सम्पादन र लेखन क्षेत्रमा समेत क्रियाशील उप्रेतीले ग्लास्को विश्वविद्यालयमा प्राध्यापन समेत गरेका थिए ।

ram-prasad-upreti-samman

कार्यक्रममा झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिपक खनालले सम्मान गर्दै भने, ‘डा. उप्रेतीको समाज सेवाको अभियानमा हामी अष्ट्रेलियाबासी झापालीहरु सहभागी हुने छौं ।’

झापाली समाजका संरक्षक दिनेश पोखरेलले अष्ट्रेलियामा झापाली समाजले गरेका कामहरुको बारेमा जानकारी दिएका थिए ।

सचिव रूपराज मैनालीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दिपक चुडाल, सहसचिव अशोक उप्रेती, कोषाध्यक्ष अजय राजवंशी, सल्लाहकार सन्तोष सिटौलालगायतको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?