+
+

जनताको बलमा संविधान संशोधन असफल पार्छौं: एमाले महासचिव

स्थानीय तहको चुनाव गराउन एमालेले सरकारलाई दबाव दिने

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १ गते ११:२०

ishor-pokhrel१ माघ, ओखलढुंगा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जनताको बलमा संविधान संशोधन विधेयक असफल बनाउने दाबी गरेका छन् । स्थानीय तहको निर्वाचन एमालेको मुख्य एजेण्डा भएको भन्दै पोखरेलले सरकारलाई चुनाव गराउन दबाब दिनका लागि एमालेले अभियान थालेको बताए ।

ओखलढुंगाको दुर्गम गाउँ रावादोलुमा शनिबार एमालेको गाउँ कमिटी अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले संविधान कार्यान्वयन गरेर देशलाई समृद्ध बनाउने बाटो स्थानीय तहको निर्वाचन नै भएकोमा जोड दिए ।

रावादोलु र भूसिंगाको संयुक्त गाउँ अधिवेशनलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन पहिलो शर्त भएकाले स्थानीय तहको निर्वाचन त्यसको प्रारम्भ भएको बताए ।

सरकारले संविधान संसोधनको नाममा निर्वाचन कानुन पारित गर्न वेवास्ता गरेको भन्दै महासचिव पोखरेलले सरकार निर्वाचन गराउने बाटोमा नहिँडेको आरोप पनि लगाए ।

संविधान आवश्यकताका आधारमा संसोधन हुदै जाने भएकाले अहिलेको राष्ट्रघाती संसोधान पस्ताव सदबाटै अस्वीकृत हुने दावी गरे । सम्बोधनका क्रममा पोखरेलले भने- ‘राष्ट्रघाती संसोधन प्रस्तावलाई एमालेले जनताको बलमा असफल बनाउँछ ।’

पूर्वसञ्चारमन्त्री तथा एमाले १ नम्बर प्रदेश सहसंयोजक शेरधन राईसहित हेलिकोप्टरबाट रावादोलु पुगेका महासचिव पोखरेललाई पहिलोपटक आफ्ना गाउँमा शीर्षनेता आएको भन्दै स्थानीयले फूलमालाले स्वागत गरेका थिए ।

एमाले केन्द्रीय सदस्य तथा सोही क्षेत्रबाट निर्वाचित सांसद यज्ञराज सुनुवार, एमाले जिल्ला अध्यक्ष मोहन श्रेष्ठलगायतका नेताहरुले स्थानीय समस्या समाधानमा एमालेले अगुवाई गर्ने बताए ।

आश्वासन होइन विकास देउ

स्थानीय बासिन्दाले भाषणभन्दा गाउँको विकासका लागि सहयोग गर्न आग्रह गर्दै महासचिव पोखरेललाई चार पेज लामो माग पत्र बुझाएका छन् । जिल्लाको अति दुर्गम इलाका नं. ६ को विकासका लागि सडक, पुल, विद्यालयका भवन र स्वास्थ्य चौकीका भवन निमार्ण गर्न बजेट विनियोजन गर्ने व्यवस्था मिलाउन माग गरिएको स्थानीय बासिन्दा तिलक गुरुङले बताए ।

विकास निर्माणका काममा एमालले अगुवाइ गर्ने प्रतिबद्धता जनाएको पनि गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?