Comments Add Comment

धुर्मुस-सुन्तलीको कामबाट सरकारले सिकोस्ः महजोडी

maha-jodi

१ माघ, बर्दिबास । महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले धुर्मुस-सुन्तलीको कामबाट सरकारले सिक्नु पर्ने बताएका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण कार्य थालेको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती पुगेका मह जोडीले देश विदेशमा रहेका सबै नेपालीलाई खुलेर सहयोग गर्न अपील गरे ।

धुर्मुस सुन्तलीले हास्य व्यंग्यमा मात्र नभई विकास निर्माणको धाराबाहिक श्रृंखला जनता सामु पस्किरहेको बताए । मदनकृष्ण श्रेष्ठ भने,’ नयाँ पुस्ता नयाँ काममा छ । के तपांईहरुलाई शंका छ..? हाम्रो हास्य कलाकारिता क्षेत्रमा मान्छे -दर्शक) हँसाउनेमात्र हैन, देश हँसाउने पात्र छन् । धुर्मुस र सुन्तलीको अभियानको सिको नगरे नेताहरुको भोट गुम्छ ।’

हरिबंश आचार्यले धुर्मुस सुन्तलीको विकास निर्माणको अभियानबाट सरकारले सिक्नु पर्ने ले बताए । उनले भने’ मदन दाइले भन्नु भयो नि..। नयाँ पुस्ताप्रति गर्व गछौं । धुर्मुस र सुन्तलीबाट देश बनाउने ज्ञान सरकारले सिकुन ।’

महजोडीले धुर्मुस सुन्तलीले थालेका देश निर्माणको काम सिङ्गो कलाकारिता क्षेत्रले गर्व गर्न लायक भएको बताए । श्रेष्ठले भने,’पुस २५ गते शिलान्यास गरेको एकिकृत नमुना मुसहर बस्तीको निर्माण काम पाँच दिनबीच निर्माणको काम निकै अघि बढेछ । काम कसरी अघि बढ्छभन्ने दृष्टान्त बनेको छ ।’

५० वटा घर बन्ने भनेकोमा २० वटाको जग हालेर दण्डी ठडिएको देख्दा आश्चर्य व्यक्त गर्दै मह जोडीले भने, ‘जांगरिला हातको कमाल देखियो । धुर्मुस-सुन्तली बस्ती बनाउनुका साथै नेपालीको मन जोड्न तराई झरेका हुन् ।’

काम सुरु भएको १०० दिनमै घर हस्तान्तरण गरिने घोषणा गरिएको छ । दैनिक झन्डै २ सय कामदार खटेर जाडो मौसममा बस्ती खटेर निर्माणको काम गरिरहेका छन् । ६५ जना गाउँले श्रमदान गरिरहेका छन् ।

काम गर्दै गरेका महिला दिदी बहिनीले नमस्कार गर्दा महजोडी खुसी भए । हरिवंशले दिदी बहिनीहरुसँग हात मिलाउँदै भने, ‘मन सोझिएको छ, काम सोझिएको छ । आउने वैशाख १ गते नयाँ बर्षमा यहाँहरु (मुसहरहरु) नयाँ घरमा सर्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment