Comments Add Comment

न्यायाधीश नियुक्तिको निर्णय पुनरावलोकन हुँदैनः कानूनमन्त्री नायक

ajaya-shankar-nayak

१ माघ, काठमाडौं । कानुनमन्त्री अजयशंकर नायकले उच्च अदालतमा गरिएको ८० जना न्यायधीशको नियुक्ति संविधानसम्मत् रहेको भन्दै कुनै हालतमा फिर्ता नहुने दाबी गरेका छन् ।

न्यायाधीश नियुक्तिमा समावेशी, समानूपातिक रहेको रसबैलाई स्विकार्य भएको उनको जिकिर छ । शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले भने, ‘हामीले ऐन, कानून अनुसार, संविधान अनुसार नै न्यायाधीश नियुक्ति गरेका हौं । यो निर्णय कुनै हालतमा पनि फिर्ता हुँदैन ।’

न्याय परिषदका सदस्यहरुको सहमतिमै निर्णय गरिएको उनले दाबी गरे । उनले भने,’हामीले एक दिन होइन, एक महिनामा१० पटक बैठक गर्‍यौं, परिषदका ५ जनै सदस्यहरु बसेर हामीले गृहकार्य गरेका हौं ।’

उनले अघि भने, ‘बैठकबाट रामप्रसाद सिटौला एक्कासी निस्किनुभएको हो, उहाँले धेरे वटा बैठकमा यस्तो गर्नुभएको छ, बैद्यनाथ उपाध्याय श्रीमानले त म आउन सक्दिन भन्नुभएको हो, तर उहाँले हामीले गर्ने निर्णयमा समर्थन गर्छु भन्नुभएको थियो, प्रधानन्याधीशले कुरा गर्नुभएको थियो ।’

साथै कुनै राजनीतिक भागबण्डामा नगरिएको दाबी गरे । उनले भने, कानून व्यवसायीहरु हिजो विभिन्न समूहमा जोडिए पनि अब न्यायधीश भएपछि त्यस्तो हुँदैन, उहाँहरुले निश्पक्ष र स्वतन्त्र काम गर्नुहुनेछ ।’

कानुनमन्त्री नायकले मधेसी मोर्चाले पनि विरोध गर्नुको कुनै अर्थ नभएको जिकिर गरे । उनले थपे, ‘८० जनामा समावेशीको कुरा गरिएको छ, ३४ जना न्याय सेवाबाट लिइएको हो, १४ जना कर्मचारीबाट लिइएको छ, ३४ जनामा हेरौं न, हामीले त सकेसम्म समानूपातिक-समावेशी बनाएकै हौं ।’

उनले अघि भने, त्यसमा ६ जना महिला छन्, ७ जना मधेसी छन्, २ जना पीछडिएको क्षेत्रबाट छन् ।’

कार्यक्रममा नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले नियुत्तिm प्रक्रिया नै गलत भएको भन्दै सच्याउन माग गरे ।

नियुक्त गरिएका व्यक्तिहरुप्रति बारको आपत्ति नरहेको भन्दै उनले भने, ‘हामीले प्रक्रियाको हामीले विरोध गरेका हौं, तीन जनाले मात्रै किन निर्णय गरियो ? संविधानतः उल्लंघन भयो ।’

बारले अब के गर्ने भन्ने कुरा बारका सल्लाहकारसँग बसेर मात्रै निर्णय गर्ने अध्यक्ष केसीले जानकारी दिए ।

बारका पूर्व उपाध्यक्ष एवम् बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रधानन्यायधीश सुशीला कार्कीलाई विवादमा तान्ने खेल भइरहेको आरोप लगाए । उनले भने, ‘अन्तर कुन्तरमा उहाँलाई विवादमा तान्ने खेल भैरहेको छ, उहाँको नेतृत्वमा साहसिक निर्णयहरु भइरहेका छन्, त्यसलाई बद्नाम गराउने काम भइरहेको छ ।’

न्यायाधीश नियुक्तिलाई लिएर बारले असन्तुष्टि फेद न टुप्पोको भएको टिप्पणी गरे । उनले भने, ‘बारको विज्ञप्ती आयो, तर उसको असन्तुष्टि के मा हो ? प्रक्रियामा हो कि वा व्यक्तिमा हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment