२ माघ, काठमाडौं । स्पेनिस लिग लालिगा अन्तर्गत शनिबार साँझ लुइस इनरिकेको टोली बार्सिलोनाले ला पाल्मासमाथि सहज जित हासिल गर्दा उसका सुपरस्कार लिओनल मेस्सीले अर्को कीर्तिमान बनाए ।
२९ बर्षीय अर्जेन्टिनी सुपरस्टारले ला लिगा अन्तर्गतका सबै टोलीबिरुद्ध गोल गर्ने कीर्तिमान बनाएका हुन् । ला पाल्मासमात्र यस्तो टोली थियो जो बिरुद्ध मेस्सीले गोल गर्न बाँकी थियो । हिजोको खेलमा पाल्मासबिरुद्ध पनि उनले गोल गरे ।
यो सँगै उनले ला लिगा खेल्ने स्पेनका छुट्टाछुट्टै ३५ टोलीबिरुद्ध गोल गरेका छन् ।
यसअघि यो कीर्तिमान रियल मडि्रडका सुपरस्टार राउल गोञ्जालेजको नाममा थियो । मेस्सीको उनको कीर्तिमान बराबरी गरे ।
प्रतिक्रिया 4