+
+
Shares

अन्तरजातीय जोडी अँगालोमा बाँधिएर एउटै डोरीमा झुण्डिए

बिहेका लागि अर्कैसँग फूलमाला भएपछि  आत्महत्या

सुरेन्द्र भण्डारी/रासस  सुरेन्द्र भण्डारी/रासस 
२०७३ माघ ७ गते ११:१८

७ माघ, झापा । कनकाई नगरपालिका–७ दुर्गापुर निवासी अस्मिता तोलामी सार्की र सोही ठाउँका ईश्वर भट्टराईले शुक्रबार बिहान एकै ठाउँमा आत्महत्या गरेका छन् ।

Sucideकनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २० वर्षीया तोलामी र उनकै छिमेकी २२ वर्षीय भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले दिएको जानकारी अनुसार बिहान ५ वजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरेर आत्महत्या गरेका हुन् ।

आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएर झुण्डिएको देख्दा प्रेम सम्बन्धका कारण यस्तो निर्णय गरेको हुनुपर्नेप्रहरी नायव उपरीक्षक थेवेले बताए।

माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र उनको फूलमाला पनि भइसकेको पारिवारिक स्रोतले जनाएको छ । अस्मिताको विवाह विराटनगर निवासी एक व्यक्तिसँग निश्चित भएर फूलमाला भएको थियो । उनी स्थानीय भृकुटी उच्च मावीमा अध्ययनरत थिइन् ।

समाजमा अन्तरजातीय विवाहले अझै पनि सहज मान्यता पाएको छैन । त्यसैले  यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् ।

मृतक भट्टराई भने सवारी चालकको काम गर्दै आएका थिए । उनले ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?