Comments Add Comment

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा नयाँ शक्ति नेपालको हस्ताक्षर अभियान

Naya-Shakti-Nepal९ माघ, चितवन । नयाँ शक्ति पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग गर्दै चितवनमा हस्ताक्षर अभियान सुरु गरेको छ ।

नयाँ शक्ति पार्टी राप्ती नगरपालिकाले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली र संसदीय समानुपातिक ब्यवस्थाको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।

नगरपालिकाका प्रत्येक घरमा पुगेर हस्ताक्षर संकलन गरिएको छ । सरकारलाई संविधान संशोधन गरी प्त्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न दबाव दिने उद्देश्यले हस्ताक्षर अभियान सुरु गरिएको नयाँ शक्ति पार्टी चितवनका संयोजक सोनाम सिङ स्याङ्ताङले बताए ।

हस्ताक्षर संकलन गरिसकेपछि सरकारलाई बुझाउने योजना रहेको पनि स्याङ्ताङले जानकारी दिए ।

नागरिकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखका लागि मत राख्ने अवसर नपाएसम्म देशमा भ्रष्टाचार, अनियमितता, अपारदर्शीता रहिरहने निष्कर्षसहित हस्ताक्षर अभियान सुरु गरेको अभियानमा सहभागीहरुले बताएका छन् ।

अभियानमा पार्टीका रामपुकार पाठक, गोपाल परियार, ज्ञानु आचार्य सक्रिय ढंगमा लागि परेका छन् ।
नयाँ शक्ति पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको पक्षमा देशैभरबाट १० लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment