+
+

ट्रम्पविरुद्ध विश्वभर प्रदर्शन, वाशिङटनमा ५ लाख सडकमा उत्रिए

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ ९ गते ९:१०

trumpko-birodh९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आहृवान गरिएको प्रदर्शनमा लाखौं मानिस सहभागी भएका छन् । अमेरिकाका विभिन्न सहरका साथै विश्वका अन्य देशहरुमा पनि ट्रम्पविरुद्ध प्रदर्शन तथा र्‍याली भएको हो ।

विश्वभर ६०० भन्दा बढी र्‍याली भएका छन्, जसमा अपेक्षा गरिए भन्दा बढी मानिस सहभागी भएका थिए । विश्वभर उनका विरुद्ध प्रदर्शन भइरहँदा उनी भने गुप्तचर एजेन्सी सीआईएको हेडक्वाटर भ्रमणमा गएका थिए । र, उनले प्रदर्शनबारे केही बोलेका छैनन् ।

सबैभन्दा ठूलो प्रदर्शन अमेरिकाको राजधानी वाशिङटनमा भएको छ, जहाँ झण्डै ५ लाख मानिस सहभागी भएको अधिकारीहरुको अनुमान छ ।

ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेलगतै भएको यो प्रदर्शनको उद्देश्य महिला अधिकारलाई प्राथमिकता दिनु छ । किनकी हृवाइट हाउसको नयाँ प्रशासनले महिला अधिकारलाई संकटमा पार्ने अधिकारकर्मीहरुको आशंका छ ।
राष्ट्रपति चुनावमा ट्रम्पसँग पराजित भएकी हिलरी क्लिन्टलले प्रदर्शनका लागि धन्यवाद दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?