Comments Add Comment

‘पर्व’ को सुटिङबाट फर्कँदा गाडी दुर्घटनामा परिन् नम्रता

हातमा चोट लागेपछि आइतबारको सुटिङ स्थगित

namrata shrestha in car

चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कँदै गर्दा शनिबार राति नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । काठमाण्डौको नयाँ बानेश्वर चोकमा नम्रता र चलचित्रका सह-निर्देशक सुरेश न्यौपाने चढेको टीभी फिल्मको भ्यान दुर्घटनामा परेको हो ।

बा.१. झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएको यसका निर्देशक दिनेश राउतले जानकारी दिएका छन् । दिनेशका अनुसार नम्रताको हातमा चोट लागेको छ ।

सुरेशको भने खुट्टामा चोट लागेको छ । नम्रता घाइते भएपछि आइतबारको छायांकन स्थगित भएको निर्देशक राउतले जानकारी दिएका छन् ।

भ्यान दुर्घटनामा परेका सह-निर्देशक सुरेशले भने- ‘हामी चढेको भ्यान शंकमुलबाट पुरानो बाँनेश्वरतर्फ जाँदै थियो, बबरमहलतिरबाट आएको ट्याक्सीले नयाँ बानेश्वर चोकमै ठक्कर दियो । हाम्रो गाडी  घुमेर बबरलमहलतिर फर्केको थियो । दुर्घटना ठूलो भए पनि भाग्यले ठूलो चोट लागेन ।’

चैत्र २५ गतेलाई प्रदर्शन मिति तय गरेर चलचित्रको धमाधम छायांकन भैरहेको छ । रिलिजको दिन नजिकिँदै जाँदा काम भ्याउनु पर्ने चटारो  यसको निर्माण पक्षलाई छ ।

सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भैरहेको यो चलचित्रमा कोशिश क्षेत्री, नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment