Comments Add Comment

कटप्पाले बाहुबलीलाई किन मार्‍यो ?

kattकिन कटप्पाले बाहुबलीको हत्या गर्‍यो ? निर्देशक एसएस राजमौली अक्सर यहि प्रश्नको घेराबन्दीमा पर्छन् । यसपाली जयपुरमा आयोजित साहित्यिक मेलामा पनि उनीसँग यो प्रश्नको जबाफ खोजियो ।

ब्लाकबस्टर फिल्म ‘बाहुबलीः द बिगिनिङ’को क्लाइमेक्समा कटप्पाले बाहुबलीको हत्या गरेको दृश्य छ । एउटा बफदार लडाकुले आफ्नै शासकको हत्या गर्छ, किन ?

एउटा अनुत्तरित प्रश्न दर्शकमा छाडेर गएको फिल्मले दोस्रो भागमा त्यसको जबाफ दिने अपेक्षा गरिएको छ । तर, दर्शक यति अधैर्य छन् कि फिल्म प्रदर्शनअघि नै उक्त जिज्ञासा मेट्न चाहन्छन् ।

त्यही कारण त, निर्देशक राजमौली जहाँ-जहाँ पुग्छन् प्रश्नको घेराबन्दीमा परिहाल्छन् ।

‘आज म यहाँ पनि भन्छु, तपाईहरुले जेसुकै सोध्नुहोस्’ जयपुर साहित्यिक मेलामा राजमौलीले भने, ‘कटप्पाले बाहुबली किन मार्‍यो भन्ने बाहेक सबै प्रश्नको म जबाफ दिन्छु ।’

केहि समयअघि सोसल साइटमा यहि विषय चर्चाको उत्कर्षमा पुगेको थियो । ‘बाहुबलीको स्त्रिmप्ट लिक भयो, कटप्पाले किन बाहुबलीलाई मार्‍यो भन्ने रहस्य खुल्यो’ जस्ता विषयले सोसल साइट गर्माएको थियो । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment