Comments Add Comment

जहाँ राजनीतिक आस्थाका आधारमा मात्रै मलामी गइन्छ

panchthar_district१० माघ, काठमाडौं । राजनीतिक आस्थाका आधारमा कुनै पनि मौकाको फाइदा उठाउनु नेपाली समाजमा नौलो कुरा होइन । तर, पछिल्लो समयमा मृत शरीरको अन्त्येष्टिमा सहभागी हुने मालामीमा समेत राजनीतिक आस्थाको आधारमा सहभागी हुनेहरुको संख्या बढेको छ ।

नेपाली कांग्रेसका पाँचथर जिल्ला सदस्य पूर्णकुमार आङ्देम्बेका भिनाजु तथा चिलिङदिनका नपाली कांग्रेसका नेपाली कांग्रेसका सदस्य राजेन्द्रकुमार चेम्जोङको फिदिमको हावा खोलामा दाहसंस्कार भयो । उनको मलामीको संख्या एकदमै कम थिए । तर केही आफन्तबाहेक पाँचथर कांग्रेसका शीर्ष नेता र कार्यकर्ता सहभागी थिए ।

नागिन १, खमारेका युवक लेखनाथ मिश्रको मंगलबार हावाखोलामै दाहसंस्कार भयो । उनको अन्त्येष्टिमा मलामीकै अभाव भयो । उनको अन्त्येष्टिमा कुनै पनि राजनीतिक दलसँगनिकट मान्छे मलामी गएनन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

यो त उदाहरण मात्रै हो । यहाँ कुनै पनि राजनीतिक दलका नेता तथा कार्यकर्ताको अन्येष्टिमा दलका अरु नेता तथा कार्यकर्ताको लर्को लाग्छ । तर राजनीति नगर्नेहरुकोमा भने मलामीकै अभाव हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment