Comments Add Comment

अब रोजगारीका लागि भारत जान पनि अनुमति पत्र लिनु पर्ने

५ लाखको घातक रोग बीमा थपियो

prachanda-prakash-sharan-mahat-and-suryaman-gurung

११ माघ, काठमाडौं । रोजगारीका लागि भारत जान पनि अब सरकारसँग अनुमति लिनु पर्ने भएको छ । साथै बैदेशिक रोजगारीमा जानेहरूको बीमामा ५ लाखको घातक रोग बीमा थपिएको छ ।

मंगलबार परराष्ट्रमन्त्री प्रकाशशरण महत र श्रममन्त्री सूर्यमान गुरूङलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई बैदेशिक रोजगारीमा राख्दै याँ व्यवस्था घोषणा गरेका हुन् ।

अहिले पनि भारतमा लाखौं नेपाली रोजगारीमा जान्छन् । तर, बैदेशिक रोजगारीमा परेका थिएनन् । अब भने भारतमा गएर काम गर्ने नेपालीहरुलाई बैदेशिक रोजगारीको मान्यता दिने प्रधानमन्त्रीले बताए ।

उनका अनुसार भारतमा रोजगारीका लागि जाने नागरिकले सम्वन्धित जिल्ला प्रशासन कार्यालय वा सीमा जिल्लाको जिप्रकाबाट काम गर्न जाने अनुमति पत्र लिनु पर्नेछ । यो अनुमतिपत्र दिनु अघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा सहभागी गराउँछ । यसका लागि एक महिनाभित्र छुट्टै कार्यविधि बनाएर लागू गरिने प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

यसरी जानेहरुको साढे १२ लाखको म्यादी जीवन बीमा हुनेछ । र, कामको सिलसिलामा मृत्यु भएमा पीडित परिवारले बीमाका साथै वैदेशिक कल्याणकारी कोषबाट सहित डेढ लाख पाउनेछन् ।

 ५ लाखको घातक रोग बीमा थपियो

प्रधानमन्त्रीले बैदेशिक रोजगारीका लागि जानेहरुको बीमामा ५ लाखको घातक रोग बीमा थप गरेको घोषणा गरे । हाल १० लाखको म्यादी जीवन बीमा छ ।

क्यान्सर, किड्नी फेल, दृहयघात, प्यारालाइसिस लगायतका १५ रोगलाई घातक रोगको सूचीमा राखिएको छ । माघ १५ गतेदेखि लागू हुने गरी घातक रोग वापत ५ लाख बीमांक बराबर बीमा हुने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए ।

अस्वस्थताको अवस्थामा पनि घातक रोग प्रमाणित भएमा पनि बीमा रकम पाइनेछ ।

साथै घातक रोग लागेर मृत्यु नभएको तर, शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा क्रिया खर्च र शव ल्याउने खर्च बाहेक बीमाबाट १३ लाखसम्म पाउनेछन् । बैदेशिक रोजगार प्रवद्धर्न बोर्डबाट ३ लाख र घातक रोग बापत ५ लाख गरी कुल १८ लाखसम्म पाउन सक्नेछन् ।

यसअघि नै बीमा गरिएको तर, म्याद नसकिएकाहरुको हकमा घातक रोग बीमा र पछिल्लो व्यवस्था बमोजिम रक्षावरणको सुविधा लिन चाहेमा समानुपातिक थप शुल्क बुझाएर लिन सकिने प्रधानमन्त्रीले जानकारी दिए ।

खाडीसहितका सबै मुलुकहरुलाई बैदेशिक रोजगारीमा गएका नेपालीहरु सुरक्षित हुनुपर्छ भनेर सरकारले ठोस पहल गरिरहेको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment