Comments Add Comment

वेबसाइट अपडेट गर्न सबै सरकारी कार्यालयहरूलाई निर्देशन

सामाजिक सञ्जालबाट सम्पर्कमा रहन परिपत्र

PM-Office-of-Nepal

११ माघ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले हरेक सरकारी कार्यालयलाई आफ्नो वेबसाईट अपडेट गर्न निर्देशन दिएको छ ।

केही निकायको वेबसाइटहरु खोल्दा अध्यावधिक नभएको र पर्याप्त सूचना नदेखिएको पाइएकाले तत्काल वेबसाईट अपडेट गर्न र पर्याप्त सूचना सार्वजनिक गर्न निर्देशन दिएको छ ।

मुख्य सचिव सोमलाल सुवेदीबाट निर्णय गराएर प्रधानमन्त्री कार्यालयका सचिव दिनेशकुमार थपलियाले सबै सरकारी कार्यालयहरुलाई परिपत्र गरेका छन् ।

सामाजिक सञ्जालबाट सम्पर्कमा रहन निर्देशन

प्रधानमन्त्रीको कार्यालयले विभिन्न १० बुँदे निर्देशनहरु समेटेको छ । निर्देशनमा हरेक दिन वेबसाइट अपडेट गर्न भनिएको छ । यस्तै वेबसाइटलाई मोबाइल, ट्याबलेटबाट सजिलै खुल्ने र आफ्नो कार्यालयका अधिकृतस्तरसम्मका कमचारीहरुको सबै विवरण अध्यावधिक गर्न पनि निर्देशन दिएको छ ।

यस्तै प्रधानमन्त्री कार्यालयले हरेक सरकारी कार्यालयलाई सामाजिक सञ्जालबाट नागरिकसँग सम्पर्कमा रहन र नागरिकको गुनासो सम्बोधन गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार अब सबै सरकारी कार्यालयहरु फेसबुक, ट्वीटरलगायतका पेज बनाउनुपर्ने छ र नागरिकहरुसँग नियमित सम्पर्कमा रहनुपर्ने छ ।

प्रगति विवरण भिडियो बनाएर वेबसाइटमा राख्न निर्देशन

पछिल्लो समय अधिकांश सेवाग्राही सामाजिक सञ्जालको पहुँचमा रहेकाले सेवाग्राहीसँगको सम्पर्क माध्यमका रुपमा सामाजिक सञ्जालको अधिकतम सदुपयोग गर्न निर्देशन दिएको हो ।

यस्तै राज्यकोषबाट सञ्चालन हुने वेबसाइटहरु ‘जिओभी डट कम डट एनपी’ डोमेन मार्फत संचालन गर्न पनि निर्देशन दिएको छ ।

यस्तै प्रधानमन्त्रीको कार्यालयले हरेक निकायले आफ्नो प्रगति विवरण सार्वजनिक गर्दा सम्भव भएसम्म बढीमा १० मिनेटसम्मको भिडियो समेत वेबसाइटमा हाल्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment