भारतको चर्चित टेलिभिजन शो कौन बनेगा करोडपतिलाई अभिनेता अमिताभ बच्चनले दर्शकमाझ स्थापित गरेका हुन् । पहिलो सिजनदेेखि नै सो कार्यक्रमको होस्ट गर्दै आएका छन् उनले ।
बिचमा एउटा सिजन शाहरुख खानले होस्ट गरेका थिए, तर त्यो नराम्रोसँग फ्लप भयो । त्यसपछिको सिजनमा अमिताभ पुनः फिर्ता आए ।
यसरी केबिसीको अभिन्न अंग जस्तै बनेका अमिताभ आगामी सिजनमा भने देखिने छैनन् । भारतीय मिडियाहरुका अनुसार उनलाई पछिल्लो पुस्ताका अभिनेता रणवीर कपुरले प्रतिस्थापन गर्ने सम्भावना छ । के कारणले अमिताभ शोबाट बाहिरिएका हुन् भन्ने प्रष्ट भएको छैन ।
टेलिभिजन च्यानलले पनि यसको आधिकारिक पुष्टी गर्न बाँकी छ । ३ जनवरी २००० बाट सुरु भएको केबिसीले ८ सिजन बिताइसकेको छ । त्यसमध्ये सात सिजन अमिताभले चलाएका हुन् । – एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4