+
+

टी टकः ‘मलाई ल्याङ ल्याङ गर्ने मनपर्दैन’: मेनुका राई

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १३ गते ११:०७

menuka
तीनसय भन्दा बढी गीतमा स्वर दिएकी मेनुका राई अहिले नयाँ एल्बमको तयारीमा छिन् । ३ वटा एल्बम निकालेकी मेनुका स्टेज कार्यक्रममा समेत सक्रिय छिन् । फुर्सदको बेला पुस्तक पढेर रमाईलो गर्ने मेनुका स्कुल पढ्दाका साथीभाई भेट्दा रमाइलो हुने धारणा राख्छिन् । उनै गायिकासँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
बिहान साढे चार बजे उठिसक्छु ।

उठेपछि ?
आधी घण्टा योगा गर्छु । रियाज पनि गर्छु । त्यति गरिसकेछि घरको काम सुरु भैहाल्छ ।

ब्रेकफाष्ट कति बजे खानु हुन्छ ?
ब्रेकफाष्ट खाँदा ७ बज्छ ।

आजको कार्यक्रम ?
आज दिउँसो एउटा मिडियामा कुराकानीको लागि जानुछ । त्यसपछि रेकडिङ् गर्छु । एउटा कार्यक्रमको लागि प्राक्टिस गर्न पनि जानु छ ।

घरवाट कति बजे निस्कनुहुन्छ ?
प्राय १०/११ बजे घरबाट निस्कन्छु ।

फेसबुक कत्तिको चलाउनुहुन्छ ?
फुर्सदको वेला चलाउँछु । केही साथीभाइसँग कुराकानी गर्छु । पुस्तक पढ्दा पनि मज्जा आउँछ ।

हाई भन्ने सबैसँग कुरा गर्नुहुन्छ ?
प्राय सबैलाई हाई भन्छु । तर, अनावश्यक कुरा गर्नेहरु मन पर्दैन । ल्याङ ल्याङ गर्ने मान्छे मलाई मन पर्दैन । त्यस्तालाई ब्लक गरिदिन्छु ।

स्कुल पढ्दाका साथीहरुसँग सम्पर्क छ ?
छ । हामी १५/२० जना सम्पर्कमा छौं । कुराकानी हुन्छ । हामी वर्षमा एकपटक जसो भेटघाट पनि गर्छौ ।’

घरमा श्रीमान् श्रीमातिविच ठाकठुक पर्छ कि पर्दैन ?
पर्छ कहिलेकाही त । तर, त्यस्तो गम्भिर भगडा हुँदैन ।

खाना बनाउन श्रीमान्ले सघाउनु हुन्छ कि हुन्न ?
खासै सघाउनु हुन्न । कुनै बेला मैले नभ्याएको बेला दाल बसाल्दिने काम गर्नुहुन्छ ।

मासिक खर्च कति हुन्छ ?
म त्यस्तो खर्चालु छैन । महिनामा ६/७ हजार भन्दा धेरै खर्च हुँदैन ।

ज्योतिषलाई हात हेराउनु भएको छ ?
हेराएको छु । म आस्तिक नास्तिक दुबै हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?