Comments Add Comment

कोशीटप्पुका अर्नाको चितवन बसाइँ सराइ (फोटो फिचर)

aana-2

१३ माघ, कोशीटप्पु । दुर्लभ वन्यजन्तु अर्नाको संरक्षित क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षको पथरी पोष्टमा बुधबार बेग्लै चहलपहल देखियो । तीन वटा ट्रक र एउटा डोजरसहित नौला मान्छेहरु आएको देखेपछि स्थानीयहरु गुरुम्म जम्मा भए ।

त्यहाँ चितवन राष्ट्रिय निकुञ्जको एक टोली अर्ना लिन पुगेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले कर्मचारी र प्राविधिकको ध्यानाकर्षण गर्दै अर्ना खोज्न आरक्षमा पस्न निर्देशन दिए । उनले आफू र कोशीटप्पु आरक्षका प्रमुख श्यामकुमार साहले सूचना समन्वयको काम हेर्ने जानकारी गराए ।

aana-1

प्राविधिक र पशु चिकित्सकसहितको ६० जनाको टोली पाँच वटा हात्तीमा अर्नाको खोजीमा निस्कियो । निकुञ्ज प्रमुख कँडेलले प्रफुल्लित मुद्रामा भने, ‘दुर्लभ एकसिंगे गैंडा र पाटे बाघका लागि प्रख्यात चितवनमा अब अर्ना समेत देखिने भएको छ ।’

पथरी पोष्ट नजिकै मोरिया खोलाको किनारबाट अर्ना पहिलो पटक चितवन लैजाने योजना अनुसार टोली आरक्षभित्र पस्यो । पशु चिकित्सकको टोलीले अर्नालाई बेहोश बनाएर नियन्त्रण गर्न ‘डार्ट गन’ मा औषधि भरे ।

aana-3

टोली पहिलो अर्ना नियन्त्रणमा लिन सफल भयो । यो सफलतामा सबैले ताली बजाए । त्यो अर्ना करिब तीन वर्षको अर्धवयस्क पोथी थियो ।

aana-5

कुल ५ भालेसहित २० वटा अर्ना कोशीबाट चितवन सारिने योजना छ । पहिलो क्रममा भने बिहीबार तीन वटा अर्ना लगिँदै छ । लगिएका अर्ना शुक्रबार निकुञ्जको पूर्वी सेक्टर पदमपुरमा सार्वजनिक गरिने कार्यक्रम छ ।

aana-6

अर्ना राख्न सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर क्षेत्रमा तारबारले घेरिएको छ ।

कोशीलाई पनि गैंडा दिन माग

अर्नाको वंश विस्तारका लागि चितवनमा स्थानान्तरण गर्न लागिएको कोशीटप्पु आरक्षका प्रमुख श्यामकुमार साहले बताए । उनले अब चितवनको गैंडा पनि कोशीटप्पुमा ल्याउनुपर्ने धारणा राखे ।

aana-7

गैडाको लागि कोशीमा समेत राम्रो बासस्थान रहेकोले गैंडा दिनुपर्ने माग गरे । कोशीटप्पु मध्यवर्ती क्षेत्रका सदस्य राजकुमार सिंहले पनि वंश विस्तार हुने आशामा मात्रै अर्ना लैजान दिइएको भन्दै चितवनले पनि गैंडा उपहार दिनुपर्ने बताए । कोशीटप्पुमा चार सय ३२ अर्ना छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment