Comments Add Comment

ट्रम्प पर्खालः ३३ करोड ९० लाख घनफिट कंक्रिट र २५ अर्ब डलर कसरी जुट्छ ?

usa-mexico-wall-2

१३ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मेक्सिकोको सीमामा पार गर्न नसकिने, लामो, बलियो र सुन्दर पर्खाल बनाउन चाहन्छन् ।

तर, प्रश्न यो छ कि यो पर्खाल कति लामो, कति बलियो र कति सुन्दर हुनेछ ?

अमेरिका र मेक्सिकोको सीमा लगभग २१०० किलामिटर अर्थात १९०० मिल लामो छ । यो खाली मैदान, धुलैधुलो भएको रेगिस्तान, हरियाली इलाकादेखि रियो ग्रान्ड नदी हुँदै अघि बढ्छ ।

हुन त अहिले पनि ६५० मिलसम्म कहिँ तारबार त कहिँ कंक्रिट कै पर्खाल छ ।

ट्रम्पले भनेका छन् कि नयाँ पर्खाल १००० मिल लामो हुनेछ, बाँकी भागमा जुन प्राकृतिक अवरोधहरु छन्, त्यसले नै सीमाको काम गर्छ ।

ट्रम्पले चुनावी प्रचार अभियानका क्रममा लगातार दक्षिणी सीमामा पर्खाल लगाउने बताइरहेह । यो वर्षको जनवरीमा भएको एक पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा उनले भनेका थिए, यो बार हुने छैन, पर्खाल हुनेछ ।’

यसको मूल्य कति पर्छ ?

नेशनल मेमोमा छापिएको एक खेलमा न्यूयोर्कका एक इन्जिनियर अली एफ रुजकानले अनुमान गरेका छन् कि यो पर्खाल निर्माणमा ३३ करोड ९० लाख घनफिट कंक्रिट आवश्यक पर्छ । र, यो हुवर ड्याम बनाउन लागेको कंक्रिट भन्दा तीन गुणा भन्दा पनि बढी हो ।

ट्रम्पले यो पर्खालबारे भनेका थिए, यो निकै ठूलो पर्खाल हुनेछ र विश्वास गर्नुस्, मैले भन्दा राम्रो पर्खाल अरुले बनाउन सक्दैनन् । म यसलाई सस्तोमा बनाउँछु ।’

ट्रम्पको दाबी छ कि यो पर्खाल बनाउन १०-१२ अर्ब डलर लाग्नेछ । तर, इन्जिनियरका साथसाथ अन्यको अनुमानले भने यसको लागत यो भन्दा धेरै बढी हुनेछ ।

usa-mexico-wall-1

अमेरिका र मेक्सिकोको सीमामा अहिले पनि ६५० मिल लामो बार छ, जुन ७ खर्ब डलर खर्च गरेर बनाइएको थियो । र, यो बारको कुनै पनि भाग पार गर्न नसकिने, सुन्दर र बलियो भन्न सकिने अवस्थामा छैन ।

खर्च बढ्नुको अर्को कारण पनि छ । ट्रम्पको योजना अनुसार यो पर्खाल पहाडी, दुर्गम र सुन्दर इलाका हुँदै बन्नेछ ।

थुप्रै ठाउँमा निजी जमिनमा बन्नेछ, जसलाई राज्यले सम्वन्धित धनीलाई रकम दिएर किन्नु पर्ने हुन्छ ।

वाशिङटन पोष्टको अनुमान छ कि यो पर्खाल २५ अर्ब डलर असपास खर्च गर्नुपर्छ ।

खर्च कसले व्यहोर्छ ?

यसबारे ट्रम्पले धेरु पटक बोलेका छन् । हालै मात्र उनले संकेत दिएका छन् कि सुरुमा अमेरिकाले खर्च गर्छ र पछि मेक्सिकोबाट पैसा असुलिनेछ । तर, यो प्रष्ट छैन कि अमेरिकाले मेक्सिकोबाट कसरी पैसा असुलिनेछ ।

मेक्सिकोको राष्ट्रपतिले भनेका छन् कि ट्रम्प पर्खाल बनाउन आफ्नो देश रकम दिनेछैन ।

usa-mexico-wall

ट्रम्पले भनेका छन् कि मेक्सिकोबाट आएर अमेरिकामा काम गरेका प्रवासीहरुलाई आफ्नो देशमा पैसा पठाउन रोकिनेछ । यसका लागि यूएस प्याट्रियट एक्टको आतंकवाद निरोधी उपायको साहारा लिइनेछ ।

के साँच्चै आतंकवाद निरोधी कानुनको प्रयोग गरेर मेक्सिकोबाट जरबजस्ती पैसा असुल गरिन्छ भनेर सोध्दा ट्रम्पले अर्को उपाय पनि बताए । जसमा भिसा आवेदन शुल्क बढाउने पनि छ ।

पर्यावरणको मुद्दा पनि छ

अमेरिका र मेक्सिकोबीचको आवतजावत एक मानवीय मुद्दा मात्र होइन्, पर्खाल लगाउनाले त्यहाँका पशुपंक्षीको के हुन्छ भन्ने प्रश्ा पनि छ । ठूलो संख्यामा पशुपंक्षीहरु प्रजननका लागि यो सीमा पास गरिरहन्छन् ।

साथै सीमासँग जोडिएको पर्यावरणको मुद्दा पनि छ । रियो ग्रान्ड नदी यो सीमा हुँदै बग्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment