Comments Add Comment

प्यूठानमा जेसिबी पल्टँदा तीन जनाको मृत्यु, ९ घाइते

accident१४ माघ, प्युठान । प्युठानको दाङबाङ­-६ कोलबोटमा सडक खन्न गएको जेसीबी पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

दुर्घटनामा दाङबाङ- ६ का शेषकान्त आचार्य, १२ वर्षका ज्ञानेन्द्रबहादुर गाहामगर र दाङबाङ-८ जेसीबी सहचालक दिपक गाहामगरको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । गम्भीर घाईते ६ जनालाई उपचारको लागि भैरहवा मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

बिहीबार राति ९ बजे ना १ ख ३३१९ नम्बरको जेसीबी सडकबाट तीन सय मिटर तल खसेको थियो । विजयसिंह भारतीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment