Comments Add Comment

बाग्लुङको भाषाका कारण ‘पञ्चायत’को डबिङमा लाग्यो धेरै समय

rupa-rana-dubing
५० बर्ष पुरानो कथामा निर्माण भएको चलचित्र ‘पञ्चायत’को यतिबेला धमाधम डबिङ कार्य भैरहेको छ । चलचित्रको डबिङमा तोकिएको समय भन्दा धेरै समय लागेको निर्देशक शिवम् अधिकारीले जानकारी दिएका छन् ।

बाग्लुङमा बोलिने पुरानो भाषाको कारणले कलाकारलाई चलचित्रमा भाषा मिलाउन केहि समस्या भएकाले समय लागेको उनको भनाई छ । ग्रामिण परिवेशमा बनेको यो चलचित्र राम्रो बनेका कारण पनि समय लागेको सम्पादक विपिन मल्लले जानकारी दिएका छन् । गणेश गिरीको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा रवि अधिकारी कार्यकारी निर्माता, सुशान्त श्रेष्ठ र शंकर सुवेदी निर्माताको रुपमा छन् ।

विभिन्न देशमा आयोजना हुने महोत्सवमा चलचित्रलाई सहभागी गराउने सोच यसको निर्माणपक्षको छ । सरोज खनाल र नीता ढुंगाना चलचित्रमा मुख्य भूमिकामा छन् । साथमा रुपा राना, गणेश गिरी, जाहन्वी बस्नेत, विशाल पहाडि, गीता अधिकारी लगायतको यसमा अभिनय छ । रामेश्वर कार्कीले चलचित्रको छायांकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment